सम्पादकीय: विवाद समाधान गर

September 30, 2018

मैथिली समाज सेवा समिति उर्लाबारी विवाद देखिएको छ । नेतृत्व चयनसँगै देखिएको विवाद सतहमै आएको छ ।

 जातीय सद्भाव खल्बल्याउने गरी आरोपप्रत्यारोप गर्नु उचित होइन । मैथिली समाज सेवा समिति उर्लाबारीले पत्रकार सम्मेलन नै गरी आफ्नो संगठनविरुद्ध केही ब्यक्तिले लगाएको लाञ्छनाप्रति ध्यानाकर्षण भएको भन्दै सचेत रहन आग्रह गरेको छ । मैथिली समाजका पूर्व उपाध्यक्ष सन्तोष कर्णले आफू अध्यक्ष पदमा 

पराजित भएपछि संगठनमा भारतीय नागरिक र मुस्लिम समूदाय समेटिएको भन्दै पत्रकार सम्मेलन गरी लगाएको आरोपप्रति सिंगो मैथिली समाज रुष्ट बनेको छ । समाजलाई विखण्डन गर्ने कार्य जोकोहीबाट हुनु हुँदैन । चित्त नबुझेका बिषयमा बसेर छलफल गर्न सकिने अवस्था हुँदाहुँदै यसरी आरोपप्रत्यारोप गर्नु मैथिली समाजका लागि घातक हो । मैथिली संस्कार र संस्कृतिलाई अंगिकार गर्छ, उ स्वतः मैथिली समाजको सदस्य बन्ने अधिकार विधानमा सुरक्षित छ । तर, त्यसलाई अतिरञ्जित गर्नु जायज होइन । मैथिली समाजमा आबद्ध हुन सबैलाई ढोका खुल्ला छ, यो र उ भनेर विभेद गर्नेहरुलाई समाजबाटैै बहिस्कार गर्नु पर्छ भन्ने आवाज उठिरहेको छ । मैथिली समूदायमा देखिएको विवादलाई समाधान गर्न मैथिली समूदायका अगुवा जुट्नु पर्ने देखिन्छ । यो विवादले मैथिली समूदायलाई विभाजन गर्ने खतरा रहेकाले सबै सचेत हुनु पर्दछ ।