करको दर संसोधन हुन्छ ः आचार्य

September 04, 2018

केशव खड्का

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले लगाएको करको दर अस्वभाविक भए संसोधन हुने गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताएकाछन । आज मंगलबार मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको सार्वजनीक सुनवाईमा उठेका प्रस्नहरहरुको जवाफ दिदै आचार्याले सो कुरा बताएका छन । 

 यध्यपी अहिले समाजिक संञ्जालमा भाइरल भए जस्तो करको रेट मिक्लाजुङ नरहेको प्रस्टपारे । नीति निर्माण गर्ने क्रममा केहीमा अस्वभाविक करको दर रहेको भए त्यसलाई संसोधन गरेर जान सकिने बताए । तर बिरोध गरेको भरमा कर तिर्नै नपर्ने अवस्था नआउने र भएका र संचालित व्यवसायहरुको कर अनिवार्य लाग्ने आचार्यले प्रस्टपारे । अस्वभाविक र परिमाजर्न गर्न पर्ने अवस्था आए संसोधन गरेर अगाडि बढने आचार्यले बताए । 

  मिक्लाजुङ गाउँपालिकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । आज (मंगलबार) आर्थिक पारदर्शीता र सुशासन र नागरीकहरुलाई सुचनाको हक सुसुचित गराउने साथै नागरीक सचेतनामा वृद्धी गराउने उद्धेश्यले सार्वजनीक सुनुवाई कार्यक्रमको आयोजना गरिएको वडा नं. ९ का वडाध्यक्ष सोमनथा अधिकारीले बताए । मिक्लाजुङ गाउँपालिका वडा नं. ९, मा यस आर्थिक बर्ष २०७४÷०७५ मा भएका योजनाहरु र त्यसको लागत र आर्थिक पारदर्शीतामा केन्द्रित सार्वजनिक सुनुवाईमा स्थानिय नागरिकहरुले राखेको प्रश्नहरुको जवाफ वडाध्यक्ष सोमनाथ अधिकारी , गाउँपालिका अध्यक्ष देवी व्रसाद आचार्य र उपाध्यक्ष सरला राईले दिएका थिए । 

 मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा यस बर्ष भएका योजनाहरु र तिनमा भएको खर्च बिवरण उपभोक्ताका लागि मान्य भएको देखिन्थ्यो । प्राय गरेर सार्वजनिक सुनुवाई कार्यक्रममा निक्कै रस्सा कस्सी र घम्सा घम्सी देखिने कार्यक्रमा मिक्लाजुङ गा.पा. वडा नं. ९ मा भने त्यस्तो देखिएन । वडामा गएको रकम पुर्ण रुपमा खर्च भएको र खर्च गर्ने तरिकामा पारदर्शिता रहेकै कारण हुनु पर्छ खास आर्थिक अनियमितताको कुनै प्रश्न उठेनन् । कार्यक्रममा सहभागीहरुले स्थानीय वडा स्तरमा भएका योजनाहरुको सञ्चालनमा भएका कमी–कमजोरी र राम्रा पक्षहरुको बारेमा प्रश्न राखेका थिए । वडा स्तरीय योजनाहरुमा वडा नं. ९ ले २९ वटा योजनाहरु संञ्चालन गरेको थियो ।

  प्रत्येक योजनाहरुमा आर्थिक पारदर्र्शिता र शुशासनलाई उच्च प्राथमिकतामा राखी योजानाहरु सञ्ंचालन गरिएको वडाध्यक्ष अधिकारीले बताए । कार्यक्रम राजनैतिक दलका प्रतिनिधीहरु राप्रपाका प्रतिनिधी भुपेन्द्र राज कार्की, नेकपा प्रतिनिधी नरेन्द्र प्रसाद ढुङ्गेलले कार्यक्रमको बारेमा र अब गर्न बाँकी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार महेन्द्र बिष्ट र नेत्र अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।