उपाधिका लागि पशुपति र निर्मल सिद्धार्थ भिड्ने

September 03, 2018

उर्लाबारीः मोरङको उर्लाबारीमा जारी तीन दिने विद्यालय स्तरीय फुटशल प्रतियोगिताको फाइनलमा पशुपति आमाबि उर्लाबारी र निर्मल सिद्धार्थ बोर्डिङ स्कुल मधुमल्लाबीच हुने भएको छ । 

सोमबार भएको सेमिफाइनल खेलमा पशुपतिले सनसाइन बोर्डिङ स्कुल र निर्मल सिद्धार्थले होलीचाल्ड बोर्डिङलाई परािजत गर्दै फाइनलमा पुगेको हो । उर्लाबारी–४ स्थित उर्लाबारी फुटशलमा भएको पहिलो सेमिफाइनल खेलमा पशुपतिले सनसाइनलाई ५–३ गोल अन्तरले हरायो भने दोस्रो सेमिफाइनलमा निर्मल सिद्धार्थले होलीचाल्डलाई २–० गोल अन्तरले पराजित गरेको थियो । न्यू अलस्टार फुुटबल क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा पूर्वी मोरङका १२ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजकका अध्यक्ष रविनकुमार थापा मगरले बताए । प्रथमलाई १० हजार र दोस्रोलाई ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकका सचिब अजय शर्माले जानकारी दिए ।