को बन्ला उर्लाबारी उवासंघ अध्यक्ष ?

August 27, 2018

नेपाल फोकस समाचारदाता

उर्लाबारी(मोरङ)उर्लाबारी उद्योग वाणिज्य संघको ३० औँ चुनावी साधारणसभाका मतदान अहिले अन्तिम चरणमा पुगेको छ । संघको नयाँ नेतृत्व चयनका लागि व्यवसायीहरु दुई वटा प्यानल र केही स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा बर्तमान अध्यक्ष समेत रहेका चन्द्रबहादुर भट्टराई (भरत), पूर्व अध्यक्ष धर्मराज शाक्य र पूर्व महासचिव प्रितम खड्गीबीच प्रतिस्पर्धामा छन् । प्राप्त जानकारीअनुसार हालसम्म १ हजार ६ सय भन्दा बढी मत खसिसकेको छ । संघमा १ हजार ८ सय ७६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि अहिले ५ बजे सर्वपक्षीय भेलामार्फत मत गणनाका बारेमा आचारसंहिता तयार पारिने जनाइएको छ ।