सन्जनको मोडलिङ मोह

September 03, 2018

मोरङको उर्लाबारी घर भई काठमाडौंमा बस्दै आएका सन्जन गौतम मोडलिङको क्षेत्रमा स्थापित हुन संघर्षरत रहेका छन् । 

सानैदेखि मोडलमा रुची राख्ने सन्जनले भर्खरै उर्लाबारीमा भएको फेशन शोमा आफ्नो प्रस्तुति देखाउन भ्याए । आफ्नो गृह नगरमा पहिलो पटक फेशन शोमा सहभागी भएका सन्जन व्यावसायिक मोडल बन्ने लक्ष्यमा  छन् । राम्रो जीउडाल भएका सन्जन ५ फिट ८ इन्च अग्ला छन् । भविष्यमा चर्चित मोडल बनेर छाड्ने लक्ष्यमा केन्द्रित सन्जन भन्छन्–‘मोडलिङसँगै कलाकारितामा भविष्य देखेको छु ।’ उनले उर्लाबारीमा मात्र होइन पूर्वका अलवा काठमाडौं लगायतका फेशन शोहरुमा आफ्नो प्रतिभा देखाउँदै आएका छन् । उनी हाल बिबिएस तेस्रो बर्षमा अध्ययरत रहेका छन् । २० बर्षे सन्जनले विभिन्न गीतको भिडियोमा अभिनयसमेत गरिसकेका छन् । उनको अभिनयप्रतिको लगावले मुर्त रुप लिँदै गएको छ ।