घटस्थापनादेखि हाउजी हुँदै, पहिलो दिनै स्कुटर पुरस्कार

October 06, 2018

उर्लाबारीः उर्लाबारी क्लबको आयोजनामा वडा दशैंको अवसरमा हाउजी खेल सञ्चालन गरिने भएको छ । 

क्लबको सहयोगार्थ आयोजना असोज २४ गतेदेखि कार्तिक ६ गतेसम्म हाउजी खेल सञ्चालनका लागि उर्लाबारी नगपालिकाबाट स्वीकृति प्राप्त गरिएको क्लबका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । आर्थिक ब्यवस्थापनका लागि क्लबकै सल्लाहकार ज्ञानु योञ्जनको संयोजन आर्थिक समिति बनाइएको छ । हाउजीको उद्घाटन दिन नै स्कुटर पुरस्कार राखिएको जनाइएको छ ।