पथरीशनिश्चरेमा मेगा लाइभ कन्सट

August 28, 2018

पथरी समाचारदाता

भदौ १२, मंगलबार

 मोरङको पथरीशनिश्चरेमा मेगा लाइभ कन्सर्ट हुने भएको छ । आगामी भदौ २२ गते हुने सो कन्सर्टमा गायक दिपक बज्रचार्य एण्ड टिम, डिल्ली फोम्बो, नेपालकै फाष्ट र्यापर बुलेट फ्लोका साथै सामाजिक सञ्जालमा भाइरल बनिरहेका बालक मनिश लिम्बुको समेत प्रस्तुति रहने बताइएको छ ।

 आयोजक माउन्ट एभेष्ट एण्ड स्पोर्टले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा बताएको हो । स्थानीय कलाकारको प्रतिभालाई प्रवर्दन गर्ने मूल उद्देश्यका साथ कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिएको छ । करिब ८ लाख भन्दा माथि खर्च हुने अनुमान गरिएको छ । मेघा लाइभ कन्सर्टलाई टुबोर्ग वियरले प्रायोजन गरेको छ । साँझ ७ बजेबाट सुरु हुने सो कन्सर्टको टिकटबाट मुनाफा आएको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरिने बताइएको छ । मााउण्ट एभरेष्ट एण्ड स्पोर्ट क्लवको आयोजनामा हुने सो कन्सर्ट पथरी बजारबाट उत्तर जातेमोडमा रहेको रंगशालामा हुने छ । कार्यक्रममा गायक बज्रचार्यको टोलीेले नेवारी समुदायको भेषभुषा तथा नृत्य समेत पस्किने संयोजक टेकेन लिबाङले पत्रकार सम्मेलनमा जानकारी गराए ।