युवाहरुको पहलमा मन्दिर निर्माण सुरु

September 21, 2018

उर्लाबारी, ५ असोज

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ केशरवारीमा विगत सत्तरी वर्ष अघिदेखि पुजाआजा गर्दै आएको दुर्गाकाली मन्दिरले नयाँ रुप लिन लागेको छ ।

पछिल्लो समयमा निलम खड्काको अध्यक्षतामा १५ सदस्य मन्दिर व्यवस्थापन समिति निर्माण गरी नयाँ गति दिन लागेको हो । निकै लामो समयसम्म जिर्ण अवस्थामा रहेको सो मन्दिर स्थानिय युवाहरुको पहलमा आर्थिक संकलन गरी निर्माण थालिएको समितिका अध्यक्ष खड्काले जानकारी दिए । मन्दिर निर्माणमा स्थानिय, समाजसेविबाट केही रकम संकलन भएको छ । मन्दिर निर्माण सम्पन्न गर्न करिब छ लाख पचास हजार रकम लाग्ने समितिका अध्यक्ष निलम खड्काले जानकारी दिए । धार्मीक आस्था र जनविश्वासमा यस मन्दिर निकै महत्वपुर्ण रहेको स्थानिय अग्रजहरुको भनाई रहेको छ ।