कसैसँग प्रेममा परेकी छैन—नायिका रेखा फागो

August 16, 2018

धरानकी रेखा फागो, मोडलिङ क्षेत्रमा चिरपरिचित नाम हो । दुई दर्जन बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रेखाले ‘तारेभीर’ नामक नेपाली कथानक चलचित्रमा पनि इन्ट्रि गरिन् ।

भर्सटाइल, एक्सन र चञ्चले क्यारेक्टरमा देखिएको चलचित्रमा मज्जाले नचले पनि नब नायिकाको रुपमा छवि बनाइन् ।

अहिले ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रको सुटिङको क्रममा छिन् । चलेको नाम शिब श्रेष्ठ, प्रियङ्का कार्की, मिथिला शर्मालगायत कलाकारहरुसँग काम गरिरहेकी छिन् । नायिका नम्रता श्रेष्ठको अभिनय प्रति प्रभावित उनीलाई ‘मेरो एउटा साथी छ’ चलचित्र अत्यन्तै मन पर्छ रे ।


सिने जगतमा रम्ने बताउने २३ वर्षिय नवनायिका फागोको उचाई ५ फिट ४ इन्च छ । वाणिज्य शास्त्रमा स्नातक तेस्रो वर्षकी छात्रा उनी आर स्क्वायर बुटिक धरानकी सञ्चालिका पनि हुन् ।



दर्जनौं फेशन शोमा सहभागी भएर कौसलता प्रदर्शन गरेकी उनी करियरमा ध्यान दिएकाले स्पेशल प्रेममा नपरेको बताइन् । मिस लिम्बु २०१२ मा बेस्ट स्किनको उपाधि चुमेपछि कलाकारिता होमिएकी हुन् ।राज गुरुङको ‘फुल जस्तो‘’, प्रमिला राई र देबेश राईको ‘सोल्टी ज्यू‘’, सदर राईको ‘यो कस्तो भाग्य‘’, पार्वती राईको ‘काठमाडौंमा धरर मेलम्चीको पानी‘’ लगायत २ दर्जन गीतहरुमा मोडलिङ गरेकी छिन् ।