अरुले तिम्लाई बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

August 31, 2018

गायक यामकुमार जिमीको अरुले तिम्लाई बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधबार ग्लामो नेपाल युट्युव च्यानलमार्फ भिडियो सार्वजनिक गरिएको हो । मोरङ र इलामको सिमानामा पर्ने कुइनेटार र दमकको चियाबगानमा छायांकन गरिएको भिडियोमा मोडल नरेन्द्र राई र उमा सम्बाहाम्फेको जीवन्त अभिनय रहेको छ ।

राई र सम्बाहाम्फेले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शकलाई आनन्दित पार्ने प्रस्तुति गरेका छन् । नारायण लिम्बूको निर्देशन, रिकेश बज्राचार्य छायांकन र राज चाम्लिङ राईको शब्द रहेको गीतमा छायांकन गरिएको स्थलले पनि दर्शकलाई लोभ्याउने गरेको छ ।