मोरङकी बालिका बर्दिबासमा बलात्कृत

September 03, 2018

मोरङ, १८ भदौ

 बलात्कारीलाई फाँसीको सजायको माग उठिरहेकै बेला झनै बलात्कारका घटनाहरु अखबार र सामाजिक सञ्जाल भरिभराउ छन् । बलात्कारको घटना पढ्ने र हेर्नेहरु आजित बन्न लागेकै बेला फेरि 

मोरङकी एक बालिका बलात्कारको शिकार बनेकी छिन् ।  गरिबीको कारण घरकाम सघाउन काठमाण्डौं हिडेकी मोरङ केराबारी ९ की एक वालिकालाई काठमाण्डौं लाने व्यक्तिले नै बाटै वलात्कार गरेको खुल्न आएको छ । साधरण लेखपढ गर्न मात्र सक्ने वालिकाले ठूलो घरपरिवारमा काम गर्दा राम्रै हुन्छ भन्ने मनसायले आमाले पनि उनलाई काठमाण्डौ पठाएका थिए । वालिकाको घरको कमजोर अवस्था भएकै कारण कतै भविष्य बन्छ की घर सल्लाहमा काठमाण्डौ जादै गरेकी थिईन् । तर काठमाण्डौ नपुगी बालिका माथि बीच बाटैमा वलात्कार भएपछि वालिकाको सपना पनि चकनाचुर भएको छ । घटना विवरण अनुशार काठमाण्डौ निवासी राजेन्द्र श्रेष्ठले अभिभावकको सहमति मै वालिकालाई काठमाण्डौमा लान आटेका थिए । अन्दाजी ६० वर्षिय श्रेष्ठको श्रीमती दुर्घटनामा परेर काम गर्न नसकेपछि वालिकालाई घरकाम गर्न काठमाण्डौ लान लागेका थिए । मोरङ केराबारी ९ घंघरुमा श्रेष्ठका आफन्तहरु भएका कारण त्यहाँ आउने जानेक्रममा वालिकाका आमा संग भेट भएको थियो । सोही क्रममा वालिकाका परिवार संग कुराकानी गरेर श्रेष्ठले काठमाण्डौमा रहेको आफ्नो घरमा काम गर्न लागि वालिकालाई लिएर गएका थिए । वालिकाको आमाले पनि हुर्कदै गरेकी छोरीलाई सोधेर नै श्रेष्ठको जिम्मामा काठमाण्डौ पठाएका थिए ।  उमेरले १६ वर्ष लाग्दै गरेको वालिकालाई श्रेष्ठले यहि भदौ १३ गते सुन्दरहैंचा स्थित उनको माईला भाईको घरमा राखे । भोलि पल्ट उनले वालिकालाई मोटरसाईकलमा राखेर काठमाण्डौ तिर लागे । पीडित वालिकाले दिएको जानकारी अनुशार वालिकालाई ईटहरी देखि पश्चिम लागेपछि श्रेष्ठले यौनजन्य कुराकानी गर्न थालेको बताएकी छिन् । ‘वालिकालाई श्रेष्ठले तिम्रो मिन्स् भएको छ छैन , जस्ता कुरा सोधेको वालिकाले बताएकी छिन् । त्यसैगरी उनीहरु जब वर्दिवास पुगे श्रेष्ठले मेरो छोरीको घर छ भनेर वालिकालाई बाटैमा राखे । अनि उनी होटल भित्र छिरे । 

करिब आधा घण्टा पछि आएर आफूलाई लिएर गएको वालिकाले बताईन् । उनले कोठामा लगेपछि जबरजस्ती करणी गरेको बालिकाले बताएकी  छिन् । वलात्कार पछि श्रेष्ठ कोक किन्न वाहिर निस्केको मौका छोपेर श्रेष्ठकै व्यागमा रहेको तीन हजार पैसा निकालेर भाग्नलाई वाहिर निस्किन् । तीन  हजारले नपुग्ने भएपछि फेरि भित्र पसेर एक हजार लिन आईन् । र, उक्त रकम लिएर वालिका वसस्टैण्ड तर्फ आईन् । उता कोठाबाट बालिका भागेपछि श्रेष्ठले पनि मान्छे खोजी गरिपाउँ भनि वालिकाको हुलिया सहित प्रहरीमा रिर्पाेट लगत्तै गरे । सोही क्रममा वालिकालाई गाडी चढ्दै गर्दा ट्राफिक प्रहरीले भेट्टाएका थिए । ट्राफिकले वालिकालाई सोधपुछ गर्न थालेपछि आफूलाई खोज्ने मान्छेले बलात्कार गरेको जानकारी गराएका थिए । त्यसपछि प्रहरीले तपाईको मान्छे फेला पर्यो भनि श्रेष्ठलाई फोन गरेर इलाका प्रहरी कार्यालयमा बोलाए । सोही क्रममा उनी पक्राउ परेको ईलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी निरीक्षक प्रधुन्न अधिकारीले बताए । घटना पश्चात मोरङबाट वालिकाका आमा पुगेर प्रहरीमा जाहेरी दिएका छन् । श्रेष्ठ विरुद्ध जवरजस्ती करणीको अभियोगमा मुद्धा दायर भएको प्रहरी निरीक्षक  अधिकारीले बताएका छन् । घटना बर्दीवासमा भएको हुँदा यसैठाउँको  प्रहरीले मुद्धा हेर्ने प्रहरीले बताएको छ । पीडित वालिकालाई ओरेक नेपालले  संरक्षण दिने तयारी गरिरहेको ओरेक नेपाल निर्मला राईले बताईन् ।