आज उर्लाबारीमा अल्मोडाले तताउने

October 05, 2018

उर्लाबारीःचेरी टमेटो होटलमा आज चर्चित गायक अल्मोडा राना उप्रेतीले एकल प्रस्तुति दिँदैछन् । 

दशैं, तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्य अनुसार एकल सांगितिक प्रस्तुत कार्यक्रम राखिएको हो । सबै माझ लोकप्रिय गायक उप्रेतीका जालमा, निर, देखन चम्पामा संगीत एरेन्ज गरेका थिए भने ‘पानी पर्याे असीना झर्याे’ मा उनकै स्वर र संगीतको जादु थियो । माया माया हो, यतियति पानी, हिलो लाग्ला नाइलनको सारीमा, के बाँचौला खैं मायालगायत उनका चर्चित गीत हुन् ।

उनी पहिलो पटक उर्लाबारी आउने भएकापछि संगितप्रेमीहरु उत्साहित बनेका छन् । चेरी टमेटो होटलमा हुने उक्त कार्यक्रममा सबै प्रकारका दर्शकलाई सहभागी गराउने उद्देश्य अनुसार न्यूनतम टिकट दर ३ सय मात्र राखिएको प्रोपाइटर दिनेश श्रेष्ठले जानकारी दिए । ३ सय क्षमता रहेको उक्त होटलमा एसीसहित ब्यवस्था रहेको उनले जानकारी दिए । पूर्वी मोरङमै पहिलो पटक सांगितिक वातावरणमा उक्त होटल खोलिएको थियो । हालसम्म एक दर्जनभन्दा बढी चर्चित कलाकारहरुलाई उक्त होटलमा ल्याइसकेको छ ।