अपराध न्यूनिकरणमा प्रहरी सफल बन्योः प्रहरी निरीक्षक तिमल्सिना

October 10, 2018

उर्लाबारी।   ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सीनाले आफु उर्लाबारी आएसँगै अपराध,लागुऔषद,चोरी डकैति,जुवातास लगायत अन्य गैह्रकानुनी धन्दामा कमी आएको दावी गर्नुभएको छ । 

चाडपर्व लक्षित सुरक्षा रणनितिको बारेमा जानकारी गराउन आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो दावी गर्नुभएको हो । उर्लाबारीको प्रहरी प्रमुख भएर आएको चार महिना अवधिमा अपराधसँग सम्बन्धित सबै बिषयमा कमी ल्याउन सफल भएको उहाँको दावी थियो । गुण्डागर्दी प्रमुख समस्याको रुपमा देखेको र त्यसको नियन्त्रणका लागी बिशेष अभियान नै सञ्चालन गरेको बारे प्रहरी निरीक्षक तिमल्सीनाले भन्नुभयो । 


 लागुऔषध दुव्र्यशनीतर्फ लागुऔषधको कारोबार गर्ने र भण्डारण गर्ने समस्या अन्य क्षेत्रमा देखीने गरेको भएपनि अहिले सम्म उर्लाबारीमा त्यस्तो अपराध नभेटिएको उहाँको भनाई थियो । जुवातास सट्टेवाजीजस्ता कानुनद्धारा प्रतिबन्धित कार्य गर्नेहरुलाई समेत कानुनी कारवाहिमा ल्याएकाले अहिले उर्लाबारीमा त्यस्ता गतिविधिमा कमी आएको प्रहरी निरीक्षक तिमल्सीनाको दावी छ । सवारी दुर्घटना कम गराउनका लागी पनि प्रभावकारी काम गरीरहेको उहाँले बताउनुभयो । नियमीत सवारी जाँचलाई निरन्तरता दिने र तिव्र गतिमा रहेका सवारीलाई कारवाहि गर्ने गरेकोले सवारी दुर्घटनामा कमी आएको प्रहरी निरक्षक तिमल्सीनको दावी थियो । 


यसैबिच,नजिकिँदैगरेको चाडपर्वलाई लक्षीत गरी प्रहरीले मोरङको उर्लाबारीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ । उर्लाबारी चोक, वरगाछी, हाटखोला, स्कुलडाँडा, आइतबारे र मंगलबारेमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

   प्रहरीले जुवातास खेलेर समाजमा विकृति विसंगती फैल्याउनेलाई कानुन बमोजिम कारबाही गर्ने बताएको छ । समाजमा बढ्दो लागू औषध प्रयोगकर्तालाई नियन्त्रण गर्न समाजका अगुवासँग छलफल गरेर सुधार गृहमा लगेर राखिने उहाँले जानकारी दिनुभयो । चाड पर्वको समयमा चोरी डकैतीका घटना हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको उहाँले बताउनुभयो । होटल तथा लजहरुमा हुने अवैध यौन गतिविधि नियन्त्रणका लागि पनि प्रहरीले कदम चालेको उहाँले जानकारी दिनुभयो । अवैध किसिमले होटल तथा लजमा वेश्यावृत्ती गर्ने÷गराउनेलाई कानुनी दायरामा ल्याइएको प्रहरी निरीक्षक तिम्सिनाले बताउनुभयो