चन्द्रबहादुर भट्टराई (भरत) ले यसरी दिए ब्यवसायीलाई धन्यवाद

September 03, 2018

उर्लाबारी उद्योग बाणिज्य संघको ३० औं चुनाबी साधारणसभामा मैले साझा प्यानलबाट अध्यक्ष पदका लागि दिएको उम्मेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै मलाई मतदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त  गर्दछु । म सदैव ब्यवसायीसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्दछ भन्ने मान्यता राख्ने व्यक्ति भएको हुनाले सम्पूर्ण ब्यापारी तथा उद्योगीहरुकै बीचमा प्रत्यक्ष सम्पर्कमा रहने प्रतिबद्वता ब्यक्त गर्दछु । र, आगामी दिनमा पनि ब्यवसायीको हकहितको अलवा विकास र उन्नतिमा विगतमा जस्तै यहाँहरूसंगै हातेमालो गरेर हिँडनेछु । साथै, उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभाबाट निर्वाचित हुनुहुने सम्पूर्णलाई सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्दछु ।