फेसन सो र र्यामवर्कमा निक्कै रुचि छ-जेनिशा श्रेष्ठ

September 05, 2018

मोरङ रतुवामाई—१० सोमबारे कि जेनिसा श्रेष्ठ मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत छिन् । बिभिन्न फेसन सो मा र्याममा वर्कमा प्रस्तुत भईसकेकी जेनिसा पढाईमा समेत अब्बल छिन् । सुपर टप मोडल प्रतियोगितामा सेकेण्ड रनरअप भएकी जेनिसाले प्रतियोगितामा ६ वटा बिभिन्न बिधामा टाईटल पनि जितिन् ।

मोडलिङलाई ब्यक्तित्व विकासको अभिन्न अंग मान्ने जेनिशाले आफुलाई पारिवारिक सर्पोट भएकै कारण यहि क्षेत्रमा केहि गर्ने इच्छा जागेको बताउछिन् । फेसन सो र र्यामवर्कमा निक्कै रुचि छ,जेनिशा भन्छिन्, निक्कै ठाउँमा प्रस्तुत भईसकेको छु ।

यद्यपि, आफ्नो मुख्य लक्ष्य भनेको सफल व्यवसायी महिला बन्नु पनि हो,जेनिशाले भनिन् ।