विद्यालय स्तरीय फुटशल हुने

August 29, 2018

उर्लाबारीःन्यू अलस्टार फुुटबल क्लबको आयोजनामा दुई दिने विद्यालय स्तरीय फुटशल प्रतियाोगिता आयोजना गरिने भएको छ । 

उर्लाबारी–४ स्थित उर्लाबारी फुटसलमा गरिने उक्त प्रतियोगितामा पूर्वी मोरङका १६ वटा विद्यालयहरुको सहभागिता रहने आयोजकका अध्यक्ष रविनकुमार थापा मगरले बताए । प्रथमलाई १० हजार र दोस्रोलाई ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकका सचिब अजय शर्माले जानकारी दिए । भदौ १७ र १८ गते हुने उक्त प्रतियोगिताको तयारी भइरहेको जनाइएको छ ।