मेघा फेशन शो एण्ड म्युजिक फिएष्टा टु आज

September 01, 2018

 उर्लाबारी क्लबले आज उर्लाबारीमा मेघा फेशन शो एण्ड म्युजिक फिएष्टा टु हुँदैछ । उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा चर्चित सांगीतिक जोडी उदय÷मनिला सोताङको विशेष प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पूर्वका १२ जना मोडलले आफ्नो शो प्रस्तुत गर्नेछन् । पूर्व मिस नेपाल सविन लिम्बूलगायतको उपस्थिति रहने छ । मिस पूर्वाञ्चल नेमिता आङ्बोहाङले कार्यक्रमको उद्घोषण गर्ने उक्त कार्यक्रम सम्पन्न गर्नका लागि १४ लाख खर्च हुने अनुमान गरिएको छ ।