छथरमा गाउँपालिका प्रमुख रनिङ कप भलिबल प्रतियोगिताको फाईनलमा उर्लाबारी

August 29, 2018

तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारेमा ऐतिहाँसिक भदौ पुर्णीमा मेलाको अबसरमा आयोजित स्तर स्थानीय तह स्तरीय गाउँपालिका प्रमुख कपको समीफाईन खेलमा उर्लाबारीले र आयोजक एलाई २५ ,२० २५,२२ र २५ १५ हराउँदै फाईनलमा प्रबेश गरेको हो । तेह्रथुम धनकुटा भोजपुर मोरङ जिल्लाका ८ वटा स्थानीय तहहरुको सहभागी रहेको प्रतियोगिता भाद्र ११ गतेबाट सुरु भएको हो बिजेताले नगद १ लाख प्रमाण पत्र गाउँपालिका प्रमुख रनिङ कप र मेडल प्राप्त गर्ने भएका छन । त्यस्तै उपबिजेताले नगद ६७ हजार कप प्रमाण पत्र प्राप्त गर्ने भएका छन । गाउँपालिकालाई खेलकुद पर्यटन बिकास गर्ने उदेश्यका साथ गाउँपालिकाको आर्थीक सहयोगमा प्रतियोगिता अयोजना गरिएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताउनु भयो ।