उर्लाबारीमा मेगा फेशन शो

September 02, 2018

उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले गरे । कार्यक्रममा चर्चित गायन जोडी उदय सोताङ र मनिला सोताङले गीत प्रस्तुत गरेका थिए भने स्थानीय मोडलहरुले फेशन शोमा सहभागी भएका थिए । 

क्लबका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।