जनप्रतिनिधि शाक्य उर्लाबारीबाटै प्रहरी फन्दामा

August 27, 2018

नेपाल फोकस समाचारदाता

उर्लाबारी(मोरङ)मोरङको उर्लाबारी वडा नं.६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् । आइतबार राती ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यलाई ज्यान मार्ने उद्योगअन्तरगत मुद्दा चलाइएको छ । उर्लाबारी–५ स्थित एरोमा होटलमा असार ७ गते शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । शाक्य उर्लाबारी उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष पनि हुन् ।

प्रकाशित मितिः २०७५ भदौ ११ गते सोमबार