मेघा फेशन शो एण्ड म्युजिक फिएष्टा टु को तयारी पूरा

August 31, 2018

उर्लाबारी क्लबले भदौँ १६ गते उर्लाबारीमा मेघा फेशन शो एण्ड म्युजिक फिएष्टा टु को सम्पूर्ण तयारी पूरा भएको छ । उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा चर्चित सांगीतिक जोडी उदय÷मनिला सोताङको विशेष प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पूर्वका १२ जना मोडलले आफ्नो शो प्रस्तुत गर्नेछन् । पूर्व मिस नेपाल सविन लिम्बूलगायतको उपस्थिति रहने छ । मिस पूर्वाञ्चल नेमिता आङ्बोहाङले कार्यक्रमको उद्घोषण गर्ने उक्त कार्यक्रम सम्पन्न गर्नका लागि १४ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा भीआईपीलाई समावेश गराईने कार्यक्रममा फर्मल ड्रेस लगाउनेले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।