उर्लाबारीका उदासीले यस्तो लेखे तीजको गीत

August 28, 2018

 उर्लाबारीका साहित्यकार कृष्ण उदासीले लेखेको गीतको गीत सार्वजनिक भएको छ । गायिका जुनू प्रसाईंले सो गीतमा स्वर दिएकी छन् । ‘पुग्नु पर्छ माइतामा...’ बोलको म्यूजिक भिडियो पनि सावर्जनिक भएको छ । लय गौरब दर्पणको रहेको छ । उक्त म्यूजिक भिडीयोलाई कुशल सिंहले एरेन्ज गरेका छन् । पवन गौतमले छायांकन गरेको म्यूजिक भिडियोमा जुनू, मोनिका, यशोदा र गंगालगायतका कलाकारहरुको अभिनय रहेको छ ।सो म्यूजिक भिडियोलाई हरि वाक्लेले निर्देशन गरेका छन भने प्रेम शर्मा पौडेलले संपादन गरेका हुन् ।

भिडियो