१९ जना जुवाडे पक्राउ, उर्लाबारीका को को छन् ?

September 25, 2018

मोरङ, ८ असोज

प्रहरीले मोरङको उर्लाबारीबाट मंगलबार साँझ दुई ठाउँबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले उर्लाबारी नगरपालिका– ४ र ६ बाट उनीहरुलाई तास खेलिरहेको अस्थामा नगदसहित पक्राउ गरेको हो ।

 प्रहरीले उर्लाबारी – ४ बाट दुई जना महिलासहित ४ जनालाई ९ हजारसहित पक्राउ गरेको जानकारी प्राप्त भएको छ । यस्तै सोही टोलीले उर्लाबारी – ६ बाट नगद ६० हजार र ताससहित १५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना महिलालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बाँकी सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । कसको घरबाट पक्राउ गरिएको र पक्राउ परेको नाम भने इलाका प्रहरी कार्यालय उर्लाबारीले दिन मानेन ।