उर्लाबारीमा निकालियो रथयात्रा

September 03, 2018

उर्लाबारी÷उर्लाबारीमा बृहत श्रीकृष्ण रथ यात्रा निकालिएको छ ।

सोमबार उर्लाबारी–७ राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा स्कूलडाँडा, उर्लाबारी चौक, हाटखोला, बरगाछी, चिउरामिल हुँदै सोही मन्दिरमा पुगेर समापन भएको थियो । रथ यात्रामा सयौं उर्लाबारीवासीको सहभागीता रहेको रथयात्रा आयोजक समितिका उपाध्यक्ष मिलन दाहालले जानकारी दिए ।