‘द्वन्द्व पीडितको सही तथ्याङ्क आवश्यक’

October 05, 2018

रूपेन्द्र शेर्मा

उर्लाबारी।उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले द्वन्द्व पीडित परिवारको हितका लागि नगरपालिकाले सहयोग गर्ने बताएका छन् । तर, त्यसका लागि द्वन्द्व पीडित परिवारको सही तथ्याङ्क आवश्यक पर्ने उनको भनाई छ ।

‘आगामी नगरसभामा द्वन्द्व पीडित सम्बन्धी कार्यविधि पेश गर्छौ’, बुधबार उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । द्वन्द्व पीडित परिवारको आय आर्जनका लागि सीपमुलक तालिम सञ्चालन गरिने उनले बताए । 

कार्यक्रममा नगर प्रमुख फागोले सत्यतथ्य कुरा बुझेर मात्र समाचार लेख्न पत्रकारहरुलाई सुझाव दिए । पत्रकारहरुलाई राष्ट्रको चौंथो अंगको रुपमा स्वीकार गरिएको प्रसँग उल्लेख गर्दैै फागोले चौथो अंगको मर्म अनुरुप नै पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।

द्वन्द्व पीडित साझा चौतारी नगर समिति उर्लाबारीका अध्यक्ष भिमबहादुर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा द्वन्द्व पीडित हेमन्त पौड्याल, तिलक थापा, कविता बराइली, देवी भट्टराईलगायतले मन्तब्य राखेका थिए ।