पहिलो चुम्बन बारे योजना भन्छिन-सेकरेट पिलिज

August 16, 2018


गायिका योजना पुरी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन् । उनका गीत संगीतहरु एक पछि अर्काे गर्दै चर्चाको शिखरमा छन् ।

‘घर होइन मन’, ‘मनै त हो मायालु’, ‘स्वर्ग जस्तो’, ‘हितैको डालीगं’सँग लगायतका गीतमा स्वर दिइसकेकी गायिका पुरी पछिल्लो समय आफ्ना गीतमा अभिनय समेत गर्न थालेकी छिन् । यसका साथैं उनी सञ्चार क्षेत्रमा पनि आवद्ध छिन् । उनले आफ्नो पहिलो कुराहरु यसरी प्रस्तुत गरेकी छिन् ।


गीत रेकडिङः दमकमा भएको थियो २०६३ सालमा म हल्का नर्भस थिए तर सबै मनपराउनु भएको थियो मेरो आवाजलाइ ।


विदेशमा कार्यक्रमःहङकङमा भएको थियो मैले एमसी र सिङगिङ दुबै गरेकोले सबै दर्शक खुसी हुनुहुन्थ्यो ।


कमाईःउर्लाबारीमा मेला लाग्थ्यो त्यो बेला पहिलो पटक २००० पाएको थिए ।


चलचित्रःचलचित्रका गितहरु गाएकी छु कति फिल्म रिलीज भएनन् एउटा चाँही अल्लारे जोवानको गित गाए राम्रो पनि भयो ।




चर्चित गीतःमनै त हो मायालु


धेरै खर्चःपहिलो एल्बम निकाल्दा म सगँ भएका सबै गहना बेचे त्यो नै हो ।


विदेश यात्राःहङकङ


अवार्डः दर्शकको मायानै अर्वाडको रुपमा लिएकी छु ।


हवाईजहाज यात्राःबिराटनगरवाट काठमाडौ ।


प्रेमपत्रःमैले चाँही लेखीन मनपरे पनि ,अरुको चाहि स्कुलमै आउथ्यो प्रेमपत्र ।


डेटिङःखास डेटीङको अर्थ बल्ल बुझदैछु डेट जाउ भनेर चाही कोहीसगँ गको छैन् तर यसै भेटम भनेर चाहि भेट्या छु ।


चुम्बनःसेकरेट पिलिज



विछोडःएक मित्र थिए बिदेश गए म असाध्यै रोएकी थिए तर कता छन् अहिले सम्म थाहा छैन कहिले भेट भएन् ।


मोबाईलःमोटोरोला एल ८१० बाबाले ल्यादिनु भएको थियो ।


डान्सःआफ्नै गितमा मोडलको रुपमा नाचेकी छु ।


गीत रेकर्ड गर्दाको अनुभवःदमकमा सबैले आवाज सुनेर तारिफ गर्नु भएको थियोे । बेलुकी रेकड भएको थियो गर्मीको समय गाह्रो त भएको थियो नै ।


दुर्घटनाःभाइसगँ बाइक सिक्दा लडेकी थिए अहिले सम्म स्कुटर बाइक चलाउन डर लाग्छ ।


घाटाःपहिलो एल्बम आफ्ना् गहना बेचेर गरेकी थिए अहिले सम्म किन्न सेकेकी छैन् ।


बदमासीः सानोमा धैरै गरियो कहिले घरबाट जम्प गर्ने कहिले अरुसगँ झगडा गर्ने ।


सजायँःमेरो सानोमा खुटा भाचिएको थियो ।


 


दुखीः केहि समय अघि पोर्चुगलमा भाइले अप्रेसन भएको फोटो पठायो उडेर जाम या के गरु कसो गरु भयो निदाउन असाध्यौ गा्रहो भयो ।


खुसीःअहिले सम्म धेरै जना आमा बा हरुले मेरो छोरी पनि तिमी जस्तै भए अनि तपाइ जस्तै बनाउन चाहान्छौ भनेर नाम सम्म योजना राखीदिनु भएको छ केही समय अघि मात्र ।


प्रस्तुतिःतेजन खड्का