किन माग्यो लिम्बूवानले मुख्यमन्त्रीको राजिनाम

August 27, 2018

नेपाल फोकस समाचारदाता

विराटनगरः प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्वुवान कार्यकर्ताले विराटनगरमा धर्ना दिएका छन् । । विराटनगरस्थित प्रदेश १ को संसद सचिवालय अघि लिम्बुवान कार्यकर्ताले नारावाजी गरेका हुन् ।

चर्को नाराबाजीसहित मुख्यमन्त्री शेरधन रार्इको राजिनामा माग गरेका छन् । उनीहरूले कर्मचारीले नटेर्ने मुख्यमन्त्रीको कुरा नमान्ने पनि बताएका छन् । उनीहरूले रार्इले प्रदेश १ लार्इ सगरमाथा , कोशी वा विराट प्रदेश नाम राख्ने भन्ने सुनिएको भन्दै पहिचानको आन्दोलनलाइ वेवास्ता गरे आन्दोलनको आँधिवेरी ल्याउने चेतावनी दिएका छन् ।