पुरूषकाे लिङ्ग राेचक तथ्य र इतिहास

September 05, 2018

लिङ्ग भन्नेबित्तीकै हाम्राे मानव मस्तिस्कले एउटा अनैठाे शव्दकाे महशुस गदर्छै । बाटाेमा हिड्दा वा कुनैपनि सार्वजिनक स्थानमा यस्ता शब्दहरूकाे प्रयाेग भएकाे पइएमा त्यस क्षेत्रलार्इ हाम्राे समाजका शव्य मानिएका व्याक्तीहरू अस्लिल क्षेत्र भन्न रूचाउछन्, त्यस्तै लिङ्गलार्इ अश्लिल भन्ने गर्दछन्र । हामी हाम्राे छाेरा छाेरीलार्इ यस्ता शव्दहरूबाट टाढा राख्ने गर्द छाैं । लिङ्ग कतिले यस्ता व्यक्तिहरूलाई समाज र संस्कृतिको कलङ्कको रूपमा हेर्दछन्। तर एकचोटि गहिरिएर सोच्नुहोस् त, पुरुषको लिङ्ग र महिलाको योनी बिना के मानवजातीको अस्तित्व सम्भव छ?

तथापी, भित्रभित्रै हामी आफ्नो अनौठो अनि रोचक गुप्ताङ्गको बारेमा जिज्ञासु छाैं । यहाँ हामी तपाँइकाे  लिङ्गका बारेमा रहेकाे धेरै जिज्ञासा मेट्ने प्रयत्न गर्ने छाैं ।

 लिङ्गकाे अङ्ग्रेजी नाम ‘पेनिस’ (Penis) हाे , जुन ल्याटिन भाषामा अर्थ्याउँदा ‘पुच्छर’ हुन जान्छ।

लिङ्गको आकारलाई तुलनात्मक हिसाबले नापिन्छ जस अनुसार पृथ्वीमा भएका जतिपनि भाले प्राणीहरू छन्, तिनीहरूको दाँजोमा ‘भाले मानिस’ को लिङ्ग सबैभन्दा ठूलो हुन्छ।

जस्तै, भाले हात्तीको लिङ्ग हाम्रो तुलनामा धेरै ठूलो हुन्छ, तर उनीहरूको शरीरसँग तुलना गर्ने हो भने, उनीहरूको लिङ्ग हाम्रो भन्दा सानो हुन जान्छ।

 विश्वमा २१ प्रतिशत पुरुषहरूको लिङ्ग उत्तेजित हुँदा मोटो हुन्छ भने बाँकी ७९ प्रतिशत पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ। साधारणतया, मङ्गोलियन जातीका पुरुषहरूको लिङ्ग छोटो र मोटो हुने र आर्यन जातीका पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ।


 लिङ्ग उत्तेजित भएको अवस्थाको लम्बाई ४.५ इन्च देखि ६ इन्चसम्म हुन्छ। यो आँकडा विश्वभरीकै मानिसहरूको सरदर आँकडा हो।

धुम्रपान गर्नाले लिङ्गको आकार घट्ने अनुसन्धानबाट पाइएको छ। धुम्रपानले हाम्रो रक्तनलीको भित्तामा क्याल्सियमले ढाक्ने गर्दछ, जसको कारण लिङ्ग उत्तेजित हुँदा रक्तसञ्चारमा बाधा पुग्दछ र लिङ्गको पूर्ण क्षमतामा कमी हुँदै जान्छ।

‘अप्सराको कामेच्छा’ (Angel’s Lust) भनेको मरिसकेको मानिसको पनि लिङ्ग उत्तेजित हुनुलाई बुझाउँदछ।

सरदरमा, एक पुरुषको लिङ्ग २४ घण्टामा ११ चोटी उत्तेजित हुन्छ, जसमध्ये ९ चोटि रातीको बेला हुन्छ।

 स्खलन हुनको लागि मस्तिष्कले नभई मेरदण्डले सिग्नल पठाउने गर्दछ।

 हाम्रो लिङ्गको आकार हामीले देख्ने भन्दा दोब्बर हुन्छ। लिङ्गको आधा भाग त भित्री हाडसँग टाँस्सिएर बसेको हुन्छ।

 इतिहासमा रेकर्ड गरेअनुसार अझसम्मकै सबैभन्दा सानो लिङ्ग भनेको १ इन्चको ५/८ भाग मात्र रहेको पाइन्छ। तथापी, सबैभन्दा ठूलो लिङ्गको लम्बाई १३ इन्छ रहेको पाइएको छ।

परिपक्व पुरुषहरूको मात्र लिङ्ग उत्तेजित हुन्छ भन्ने भ्रममा नपर्नुहोस्। आमाको गर्भमै भएको बच्चाको पनि लिङ्ग उत्तेजित हुने गर्दछ।

कुनै-कुनै व्यक्तिको २ वटा लिङ्ग भएको पाइन्छ, त्यस्तो अवस्थालाई ‘डिफालिया’ (Diphallia) भनिन्छ।

 लिङ्ग पूर्णरूपले कडा हुनको लागि १३० मिलिलिटर रगतको सञ्चार हुनुपर्दछ, र त्यति रगत २ माइल प्रतिसेकेण्डको गतिमा दौडिनुपर्दछ।

यो गति प्राप्त गर्नको लागि, शिथिल लिङ्गमा फिँजिएर बसेका साना-साना नसाहरूले (जसको व्यास ०.५ मिलिमिटर हुन्छ) आफ्नो आकार दोब्बर/तेब्बर बनाउँदछ र रगतलाई उक्त गतिमा बहाउँदछ।

अन्तयमा नारीवादिहरूले लिङ्गलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरे, बलात्कारका घटनाहरूमा लिङ्गलार्इ दाेस दिने गरेका छन् । इतिहासका कुरा गर्ने हाे भने पेगन सँस्कृतिले लिङ्गको अवहेलना गरे, प्राचित रोमन चर्चले लिङ्गलाई भूतको स्वरूप ठाने, लियोनार्दो दा भिन्ची जस्ता प्राम्भिक रचनाविज्ञले लिङ्गलाई सांसारिक रूप प्रदान गरे, सिगमण्ड फ्रौडले लिङ्गको मनोविज्ञान बुझे, र अन्त्यमा भौतिकशास्त्रीहरूले लिङ्गको चिकित्साविज्ञान बुझे ।

एजेन्सी