पाथीभरा गोल्डकपको सेमिफाइनलमा विर्तामोड

August 27, 2018

नेपाल फोकस समाचारदाता ÷ताप्लेजुङ

तेस्रो पाथीभरा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ को सोमबार भएको दोस्रो क्वाटर फाइनल खेल नतिजामा न्यू स्टार क्लब बिर्तामोड झापा विजयी भएको छ । कर्ण सिंह सोनाम फुटबल क्लब ताप्लेजुड्गलाई १ का विरुद्ध ० गोल अन्तरले पराजित गर्दै विर्तामोडले जितेको हो ।

 निर्धारित समयमा खेल बराबर भए पपछि थप १५ मिनेटमा विर्तामोडका रोमन भुजेलले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विर्तामोडका जीबन धामीघोषित भए ।