ठेकेदारको चरम लापरबाहीले कालोपत्रे सडक आहाल (हेर्नुहोस् भिडियो)

September 14, 2018

मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक खण्डमा ठेकेदारको चरम लापरबाहीका कारण कालोपत्रे कार्य पूरा हुन नपाउँदै भत्किएको छ । ठेकेदार कम्पनीले निर्माण सुरु गरेको ६ वर्ष बितिसक्दा पनि अझै कामसमेत पूरा हुन सकेको छैन । उक्त सडकका अधिकांश स्थानहरुमा खाल्डाखुल्डी बनेका छन् । सडक निर्माणको ठेक्का पाएको ज्योति–प्रेरा कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०७२ जेठ ४ गतेसम्ममा सडक निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

निर्धारित समयमा सम्पन्न नभएपछि स्थानीय आक्रोसित बनेका छन् । स्थानीयले निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ । नेपाल सरकार भौतिक योजना मन्त्रालय अन्तर्गत २०६७ सालमा स्वीकृत भएको थियो । ८ करोड ९४ लाख रुपैयाँको लागतमा बनेको सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सम्झौता भएको दुई वर्षपछि मात्रै निर्माण सुरु गरेको थियो । तीन वर्षअघि निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नु पर्ने भए पनि हालसम्म ६० प्रतिशत मात्रै काम भएको छ ।