मञ्जुल मितेरीले राष्ट्रलाई हजार मूर्ति उपहार दिने |

October 08, 2018


मञ्जुल बराइली ‘मितेरी’ले राष्ट्रलाई हजार मूर्ति उपहार दिने

मोरङ– उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गरेका थिए ।

विंस २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले २०७१ सालसम्म १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गरि  सकेका छन् । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना अब १० वर्षभित्र आफूले पूरा गरेरै छाड्ने अठोट उन्ले व्यक्त गरेका छन् । उनि जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणका लागि डेढ वर्षअघि त्यहाँ पुगेका थिए ।

राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा रु ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उन्को कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका उन्ले, राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

उनि भन्छन् “अबको पाँच वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको पाँच वर्ष हजारौ मूर्ति निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनिसहित चार जनाले बुद्धको मूर्ति सिर्जना गरिरहेएका छन् ।

मूर्ति निर्माणवापत उन्लाई दैनिक नेपाली रु १४ हजार आम्दानी भइरहेको छ । उन्को नेतृत्वमा काभ्रेपलाञ्चोकका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेशकुमार राई संलग्न छन् । उनको परिवार भने हाल उर्लाबारी–६ मै डेरा लिएर बस्दै आएको छ । उन्को परिवारमा आमा, श्रीमती र एक छोरा छन् । राज्यले के दियोभन्दा पनि राज्यलाई केही दिनुपर्छ भन्ने सोचका साथ अघि बढेका मूर्तिकार बराइली आफूले निर्माण गरेका मूर्तिको व्यवस्थापनको पिरलोमा परेका छन् ।


राष्ट्रलाई एक हजार ढुंगाका मूर्ति दिने फलामे सपना पूरा गर्न सक्छु भन्ने आफूमा विश्वास भए पनि त्यसको व्यवस्थापन समस्या बनेको उन्ले बताए । निर्माण गरेका मूर्तिको व्यवस्थापनका लागि उन्ले घर नजिकै वार्षिक रु १५ हजारमा जग्गा भाडा लिएर व्यवस्थापन गर्दै आएका छन् तर वर्षामा आउने बाढीका कारण मूर्ति बगाएर लैजाने चिन्ता छ ।


उन्ले निर्माण गरिसकेका मूर्ति अहिले सो जग्गामा बनाएको टहरामा छरपस्ट अवस्थामा छन् । आफ्नो आर्थिक अवस्था कमजोर भए पनि राष्ट्रलाई हजार मूर्ति उपहार दिर्ने घोषणा गरेका उनि भन्छन्, “मलाई मूर्ति निर्माणका लागि आवश्यक ढुंगा, औजार र संरक्षणस्थलको व्यवस्था गरेर राज्यले सहयोग गरेको भए म जापान जाने थिइन । ”

करीव १५ वर्ष अगाडि राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको पहिलो मूर्ति निर्माण गरेका उन्ले हालसम्म दुई हजार ५०० भन्दा बढी ढुंगाका मूर्ति निर्माण गरिसमकेका छन् ।


विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु अहोरात्र खटिरहेका छन् ।

लाग्छ, यिनीहरु आधुनिक ‘अरनिको’हरु हुन्, जसले विदेशमा गएर ललितकलामा देशको ख्याती कमाउँदैछन् ।

सन् २०१६ को सेप्टेम्बरबाट सुरु गरिएको बिशाल मूर्ति निर्माण अभियान ५ बर्षमा सक्ने भनिए पनि समय लम्बिने सम्भावना पनि रहेको मितेरी बताउँछन् ।


पाँच बर्षभित्र ६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति बनाइसक्नु छ,’ जापानबाट अनलाइखबरसँग कुरा गर्दै मितेरीले भने, ‘यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाएर विश्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ ।’


जापानमा बुद्धमूर्ति निर्माणको साइत जुराउने त्यो पल जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना हो पहरामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने । जुन, परिकल्पना साकार पार्ने अवसर पाएका मितेरीलाई भने जापानको इन्टरनेसनल कन्ट्रिब्युसन कलेज पढ्ने चितवनका दिलिप लामिछानेले जोडेका हुन् ।


सिजुकीको बुद्ध मूर्ति परियोजना सुनेपछि लामिछानेले मञ्जुल मितेरीको नाम सिफारिस गरेका थिए । अन्ततः मितेरीका आकर्षक मूर्तिहरु हेरेर ओसिमा सेकिबुतुयामा भन्ने कम्पनीले स्वीकार गर्‍यो । जहाँ म्यानेजरकै भूमिकामा छन् दिलिप लामिछाने, जसले मितेरी र सिजुकीको विद्यार्थी हुँदै लिंक गरिदिएका थिए ।


‘नेपाल बुद्धभूमि भएको चिनाउने दीर्घकालीन प्रमाण’

आफूले काम गरेबापत पाउने रकमभन्दा पनि देशको प्रतिनिधित्व ठूलो भएको मितेरीको भनाइ छ । ‘यहाँ हामीले पाएको पारिश्रमिकले त्यति अर्थ राख्दैन, जति अर्थ यहाँ बुद्धका देशका मूर्तिकारहरुले छाडी गएको विशाल बुद्ध मूर्तिले राख्नेछ’, मितेरी भन्छन्, ‘अझ विश्व सम्पदामा सुचीकृत भएपछि त हाम्रोभन्दा हाम्रो देशको शान बढ्नेछ । बुद्धको जुन्मभूमि नेपाल भन्ने प्रमाण हुनेछ ।’


नेपाल बुद्धभूमि भएको चिनाउने दीर्घकालीन प्रमाण आफूले बनाइरहेको मूर्ति भएको मूर्तिकार मितेरी बताँउछन् ।

‘अहिले मूर्ति निर्माणका दौरानमै पनि धेरै जापानीहरुले बुद्ध नेपालमा जन्मेका भन्ने थाहा पाइसकेका छन्’, अनलाइनखबरसँग कुरा गर्दै मूर्तिकार मितेरी भन्छन, ‘अझ विश्व सम्पदा सूचिमै सूचीकृत भएपछि त झनै विश्वभरबाट यो क्षेत्रमा घुम्न आउने पर्यटकहरुले थाहा पाउँनेछन ।’


नेपालका पाखा भित्तामा मूर्ति उभ्याउन सकिन्छ मितेरीसहितका ४ नेपाली मूर्तिकारहरुले जापानमा बुद्धको मूर्ति निर्माणको ३५ प्रतिशत काम सकेका छन् । सन् २०२३ भित्र सबै काम सकेर नेपाल फिर्ने योजना छ उनीहरुको ।

तर, नेपालीले जापानी पहरोमा बुद्धको मूर्ति बनाएको देखेका जापानीहरुले अन्य स्थानमा झन ठूला मूर्ति बनाउने प्रस्तावसमेत ल्याएको नेपाली मूर्तिकारहरु बताउँछन् ।

‘हामी हाम्रो यो परियोजना सकेर नेपाल र्फकने सोचमै छौँ’, मितेरी भन्छन, ‘तर हामीलाई यहीँ नै अन्य मूर्तिहरु बनाउनुपर्छ भन्ने प्रस्ताव आएका छन् ।’

नेपालमा आएर नै थप मूर्तिकर्म गर्ने बताएका मितेरी नेपालमा आफूले प्रतिवद्धता जनाएको देशलाई हजार मूर्ति उपहार दिने अभियान जारी राख्ने बताउँछन् ।

विश्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाइसक्ने र राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् ।

हजार मूर्ति राज्यलाई हस्तान्तरण गर्ने आफ्नो अभियानसँगै जापानी अनुभवबाट नेपालका भित्ताभित्तामा मूर्ति बनाउन सकिने पनि मितेरी समूहको तर्क छ ।

‘आज एक सामान्य पहरोमा जापानका एक व्यापारीको खर्चले बुद्ध मूर्ति बन्दैछ । भोलि यहाँको पर्यटन र विश्वसम्पदा सूचिमा परेपछि यहाँको लागत शुल्क उठीहाल्छ’, मितेरी भन्छन, ‘नेपालमा पनि नेपालसँग जोडिएका भगवानहरुका मूर्तिहरु नेपालका पहरामा बनाएर मूर्ति पर्यटन बढाउन सकिन्छ ।’

बुद्ध, बुढासुब्बा वा फाल्गुनन्द आदि नेपाली माटोसँग जोडिएका आध्यात्मिक तथा धार्मिक धरोहरहरुको मुर्ति बनाएर पर्यटन र ललितकलासँगै अगाडि बढ्ने मितेरीको भनाइ छ ।

तर, यो सबै काम गर्न कुनै व्यक्ति नभएर राज्य नै लाग्नुपर्छ । नेपालका ललितकला प्रतिस्ठान, पर्यटन बोर्डलगायतको पहलमा यस्तो काम गर्न सकिने मितेरीको सुझाव छ ।

‘नेपालका भित्ताभित्ताका पहरामा आकर्षक र विशाल मूर्ति बनाएको खण्डमा नेपाली पर्यटनमा अथाह कमाइ बढ्छ । साथै नेपाली ललितकलाको पनि उचाइ बढ्छ’, मितेरी भन्छन्, ‘यो सबै गर्न अब बन्ने प्रदेश वा संघीय सरकारले पनि पहल र नेतृत्व गर्न सक्छ ।’