चौथी खेल्ने बहानामा तीनसय सिसौका बिरुवाको टुप्पो काटेको छु-गायक डम्बर नेपाली

September 05, 2018

गायक डम्बर नेपाली स्रोताका लागि परिचित नाम हो । शब्द, संगीत र स्वर तीनै विधामा उनी सक्रिय छन् । तर, अन्तिम पल्ट भेटन् आउ, आज आकाशमा एउटा तारा लगायत उनका थुप्रै चर्चित गीत छन् ।

आफुलाई लो प्रोफाईलमै राख्न चाहने उनी नेपाली गीत कसरी राम्रो बनाउने भन्नेमै केन्द्रित छन् । हरेक सयम चुनौति थपिंदै गएको महसुस गरेका नेपाली गीतमा गुणस्तरियतालाई जहिले पनि पहिलो प्राथमिकतामा राख्छन् । उनै गायकले उनका अनुभुतीहरु यसरी साटेका छन् ।

गीत रेकडिङः रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटामा ।

विदेशमा कार्यक्रमः हङकङमा । स्टेजमा गाउने बानी थिएन । डराई डराई गाएको थिए । राम्रै भयो ।

कमाईः मोरङको किराँती चोकमा आयोजिक कार्यक्रममा गीत गाएर पाँचसय पाएको थिएँ ।

चलचित्रः बितेका पलमा शब्द र संगीत । रातोघरमा स्वर दिएँ ।

 

चर्चित गीतः आज आकाशवाट

धेरै खर्चः मेलेडी एल्बमको भिडियो सुटिङका लागि ५५ हजार खर्च गरें ।

विदेश यात्राः हङकङ

अवार्डः इमेज अवार्ड

हवाईजहाज यात्राःझापावाट काठमाडौ आउदा ।

प्रेमपत्रः स्कुल पढ्दा नै हो । तर, आफ्नो नाम नलेखीकन पत्र लेखेको थिएँ ।

डेटिङः स्कुल पढ्दा । स्थानीय बजारतीर ।

चुम्बनः चुम्बन खासै याद भएन ।

विछोडः हामी एकदमै मिल्थ्यौ । म काठमाडौ आउने बेलामा बसपार्कमा आउछु भन्थिन् आईनन् । म रुँदै रुदै काठमाडौ आएँ ।

मोबाईलः नोकियाको ब्ल्याक एण्ड ह्वाईट सेट थियो ।

पहिलो कलः मलाई एकजना साथीले मोबाईल सेट उपहार दिनु भएको थियो । उहाँलाई नै फोन गरें । भयो है भनेर ।

डान्सः ठ्याक्कै त याद भएन गाउँमा हुने कार्यक्रममा लीड डान्स गर्थें ।

 

गीत रेकर्ड गर्दाको अनुभव: पहिलो पटक गाउँन नसकेपछि स्टुडियोको दाईहरुले बाहिर निकाल्दिनु भयो ।

दुर्घटनाः झापामै हुँदा घाँस काट्नका लागि पिठारीको रुखवाट लडेर डेढघण्टा बेहोस भएँ ।

घाटाः मोरङकै उर्लावारीमा ४/५ जना साथीहरु मिलेर एउटा सांस्कृतिक कार्यक्रम गरेका थियौं । तर, गेटमा बस्ने साथी सबै पैसा लिएर गएछ, ७ हजार तिर्नुपर्‍यो ।

बदमासीः चौथी खेल्ने बहानामा तीनसय सिसौका बिरुवाको टुप्पो काटेको छु ।

सजायँः मोटरसाईकलको ब्लू बुक नबोक्दा प्रहरीको एक चड्कन खाएको छु ।

दुखीः आमाको पाठेघरको अप्रेशन गर्दा उहाँको पीडा देखेर निकै रोएको छु ।

खुसीः छोरीले पहिलो पटक बाबा भन्दा निकै खुसी भएँ ।