ग्रेट बिजनेसको मासिक सहयोग बालगृहमा

September 18, 2018

उर्लाबारीः ग्रेट बिजनेस मार्ट प्रालिले उर्लाबारी –७ मा अबस्थित नमुना बालगृहमा मासिक रूपमा सहयोग गर्न थालेको छ ।  

कार्यक्रममा प्रा.लि.का अध्यक्ष निलम खड्काले देशका विभिन्न स्थानबाट ल्याईएका बालबालिकाहरुको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उनले प्रत्येक महिनाको १ गते कार्यक्रम मार्फत सहयोग गर्न थालेको बताए । एकछाक खुवाउनुका साथै आवश्यक विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आएको छ ।