नितिन चन्दले दोस्रो फिल्म निर्देशन गर्ने ‘गीत गजल’ मा रुप र आरोहीको रोमान्स

August 29, 2018

पल शाह र आँचल शर्मा लाई लिएर ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिन चन्दले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन् । नयाँ कलाकार लिएर नितिनले ’गीत गजल’ बनाउन लागेका हुन् ।नितिनको ’गीत गजल’ मा रुप पोखरेल र आरोही सिंह मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । आरोहण क्षेत्री निर्माता रहेको फिल्मको बजेट बिग हुने बताईएको छ । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागी मुख्य दुई कलाकार बाहेक अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता क्षेत्रीले बताए । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेनछ ।फिल्मको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । भदौको अन्तिम साताबाट छायांकनमा जाने गीत गजलको अहिले प्रि प्रोडक्सनको कार्य भैरहेको छ ।