उर्लाबारीका लागि दुःखको खबर

September 04, 2018

मोरङको मिक्लाजुङ–५ स्थित कुलुङ भरना घुम्न गएका उर्लाबारीका एक युवाको सुनझोडा खोलाले बगाएर बेपत्ता बनाएको छ । 

उर्लाबारी–२ का २० बर्षीय कृष्ण पौडेललाई खोलाले बगाएर बेपत्ता पारेको हो । साथीभाईसँग घुम्न गएर फर्किने क्रममा पौडेललाई खोलाले बगाएको थियो । यसका विषयमा थप विवरण आउन बाँकी छ ।