बाल दिवसमा आश्रमलाई सहयोग

September 14, 2018

उर्लाबारी (मोरङ), २९ भदौ

बाल दिवसको अवसरमा पारेर मोरङको पथरीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुले नमूना बाल गृहलाई सहयोग गरेका छन् । 

शुक्रबार एक कार्यक्रमकाबीच विद्यार्थीहरु गृहमा आश्रित बालबालिकाहरुलाई आफ्नो खाजाको पैसाले हार्मोनियम र लत्ताकपडा खरिद गरी वितरण गरेका हुन् । शिक्षक सञ्जय परियारको समन्वयमा कक्षा १० का विद्यार्थीहरुले उक्त सहयोग गरेको विद्यालयका प्रिन्सिपल दिनेश बरालले जानकारी दिए । विद्यार्थीहरुले आफ्नो खाजाको रकमले गृहमा आश्रित बालबालिकाहरुमा खर्चेको भन्दै गृहकी अध्यक्ष मिना बरालले खुशी प्रकट गर्दै धन्यवाद दिइन् । सोही अवसर कक्षा १० मा अध्ययरत छात्रा आरोगियराज गुरुङले जन्मदिनको अवसरमा गृहमा आवश्यक दैनिक उपभोगी वस्तु सहयोग गरिन् ।