मिस उर्लाबारीको फाइनल भदौ २३ मा

August 27, 2018

नेपाल फोकस समाचारदाता

उर्लाबारी(मोरङ) कला र संस्कृतिको माध्यमबाट उर्लाबारी नगरलाई परिचित गराउने उद्देश्यले ‘मिस उर्लाबारी’ दोस्रो संस्करणको फाइनल राउण्ड भदौ २३ गते हुने भएको छ ।

सेन्ट्रल फेशन हव उर्लाबारी र अलराउण्ड डान्स सेन्टर उर्लाबारीको संयुक्त आयोजना तथा उर्लाबारी नगरपालिकाको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । मिस उर्लाबारीको दोस्रो संस्करणका लागि अडिशनबाट १४ जना छनौट भएका र उनीहरुलाई कोरियोग्राफर प्रमिशा बज्रचार्यले प्रशिक्षण दिइरहेकी छन् ।

पहिलो संस्करण मिस उर्लाबारी ह्यापी गाईजको ब्यवस्थापन तथा उर्लाबारी युवा क्लबको आयोजना भएको थियो । व्यक्तित्व विकास र किशोरीहरुमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्नका लागि मिस उर्लाबारी आयोजना गरिएको उनले जानकारी दिए । प्रतियोगिताको विजेतालाई नगद ५० हजार, छात्रवृत्तिसहित आकर्षण पुरस्कार प्रदान आयोजक समितिका अध्यक्ष जीवन चिमरियाले जानकारी दिए । त्यस्तै, फष्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः नगद ३० र २० हजारसहित छात्रवृत्ति र आकर्षण पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १६ बर्षदेखि २५ बर्षसम्मका किशोरी÷युवतीहरुले सहभागीता जनाएका छन् ।