भब्य रुपमा सकियो उर्लाबारी रन (हेरौं तस्बिरहरुमा )

August 14, 2018

मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु राईले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा आभार प्रकट गर्दै आगामि दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्नुभएको छ ।

मोरङको उर्लाबारीमा शनिबार भएको उर्लाबारी रन २०७५ को उपाधि पाँचथरका दीपक सुहाङले जित्नु भएको छ । निर्धारित दुरी २३ मिनेट ११ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नु भएको हो । उपाधिसँगै उहाँले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै सुनसरीका ललित थापा २५ मिनेट १५ मिनेटमा दूरी पार गर्दै दोस्रो हुनुभयो । उहाँले ७ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभयो । यसैगरी अछामका प्रविन कुमार बोहोरा २६ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो,उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो ।