उर्लाबारीमा पहिलो पटक रक्त संचार सेवा(ब्लड् बैक) शुरु

September 18, 2018

उर्लाबारी । लामो पर्खार्ईपछि विश्वकर्मा पूजाको अवसर पारी उर्लाबारीमा पहिलो पटक रक्त संचार सेवा(ब्लड् बैक) शुरु भएको छ ।


 गत साउनको पहिलो साता नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय अध्यक्ष संजीव थापाले सेवाको उद्घाटन गरेपनि आवश्यक पुर्वाधारको तयारी पुरा नभएकोले झण्डै दुई महिना पछि मात्र आजदेखि सेवा शुरु भएको हो ।


नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखामा जिल्ला शाखाको प्राविधीक सहयोगमा शुरु भएको सो सेवाले पुर्वाेत्तर मोरङका सेवाग्राही लाभान्वितहुने अपेक्षा गरीएको छ । सो सेवा संचालनको लागि उर्लाबारी नगरपालीका, श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लि., पवित्र बचत तथा ऋण सहकारी संस्था लि.लगायतका संस्थाहरुले सहयोग पुर्याएका छन ।


उपशाखाले सामाजीक सेवा पुर्याउने उदेश्य र स्थानिय हस्पीटलमा उपचार गराउदा“ एक पोका रगत लिन बाहिर जानुपर्ने बिरामीको बाध्यतालाई निर्मुल पार्न ब्लड् बैंक संचालन गरीएको सभापति मदनबाबु प्रसाईले बताउनुभयो । नगरको ब्लड बैङ्क सञ्चालनले टाढा गएर स्वास्थ्य उपचार गराउन नसक्नेका लागि सञ्जीवनी भएकोे उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो। उहाँले मानवीय तथा स्वास्थ्य क्षेत्रको विकासमा नगरको प्रतिष्ठासमेत जोडिएको बताउनुभयो