शुभ–चन्द्रसूर्य साकोसमा धमला

September 24, 2018

उर्लाबारी – ४ आईतबारे मा अवस्थित शुभ–चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं चुनावी साधारणसभामा अध्यक्षमा पुन ः तुलाराम धमला निर्वाचित हुनु भएको छ । 

हिजो भएको निर्वाचन प्रक्रियाको गएराती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा धमलाले ४ सय ६५ मतको मतान्तरले प्रमोद निरौलालाई पछि पार्दै तेस्रो पटक अध्यक्ष बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा लेखनाथ खनाललाई ४ सय २० मतले पछि पार्दै टिकाप्रसाद अधिकारी, सचिबमा १ सय १६ मतको अन्तरले दुर्गाराम कार्कीलाई पछि पार्दै भक्त ब. बिक तथा सदस्यहरुमा तेजकुमार कार्की, दिपक गहतराज, ताराप्रसाद खतिवडा र मित्र अधिकारी बिजयी बनेका निर्वाचन समितिले जनाएको छ । सो संस्थामा लेखा समितिको संयोजकमा मनोज भट्टराई, लेखा समितिको सदस्यमा क्षितीज ढकाल र उर्मिला ओली एवं कोषाध्यक्षमा देवीप्रसाद गौतम, सह–सचिबमा गौरीमाया अधिकारी(थापा), महिला सदस्यहरुमा तेजकुमारी खतिवडा र ग्रिसीका सुब्बा सर्वसम्मत निर्वाचत हुनुभएको थियो ।