छथर भलिबल कप : उर्लाबारी भयो दोस्रो

August 30, 2018

तेह्रथुम / जिल्लाको छथर सुक्रबारेमा आयोजित स्थानीय तह स्तरीय प्रथम छथर गाउँपालिका प्रमुख रनिङ कप पुरुष भलिबल प्रतियोगितामा उर्लाबारीलाई हराउँदै रामप्रसाद राई गाउँपालिका भोजपुरले उपाधी उचालेको छ । ऐतिहाँसिक रुपमा परम्परादेखी लाग्दै आएको भदौ पुर्णिमा मेलाको अबसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा भोजपुरले उपाधी हात छ । प्रतियोगिताको फाईनल खेलमा उर्लाबारीलाई भोजपुरले २५,१५ २५,२० र २३,२५को सोझो सेटमा हराउँदै उपाधी हात पारेको हो ।

उपाधी सँगै नगद १ लाख गाउँपालिका रनिङ कप मेडल प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता उर्लाबारीले नगद ६७ हजार कप प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । उर्लाबारीका खेलाडीहरु उर्लाबारी नगर खेलकुद बिकास समितिमा अध्यक्ष भीष्म बुढाथोकीको नेतृत्वमा त्यहा गएको थियो 

तेह्रथुम,धनकुटा,मोरङ र भोजपुरका ८ वटा स्थानीय तहहरुको को सहभागी रहेको थियो । बिजेत र उपबिजेतालाई गाउँपालिका प्रमुख सन्तोष तिगेलाले पुरस्कार प्रदान गर्नु भएको थियो । त्यस्तै मेलाको अबसरमा भएको सांस्कृतिक कार्यक्रममा संगित सेवा समाज छथर जोरपाटी गाउँपालिका धनकुटाले प्रथम स्थान प्राप्त गरेको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

प्रथम स्थान प्राप्त गरे सँगै समाजले नगद ९ हजार ९ सय ९९ रुपैयाँ कप प्रमाणप हात पारेको छ । त्यस्ते एचपी डान्स सेन्टरले दोश्रो स्थान प्राप्त गरेको छ । सेन्टरले नगद ६ हजार ६ सय ६६ रुपैयाँ हात प्राप्त गरेका छ । र टिन्स कीयु डान्स सेन्टर धनकुटाले तेश्रो स्थानमा चित्त बुझाउँदै नगद ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा तेह्रथुम र धनकुटा जिल्लाका १७ वटा टिमको क्लबहरुमो सहभागीता रहेको थियो । प्रतियोगिता छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेबी युवा सेवा समाज छथर सुक्रबारे र छथर खेलकुद बिकास समितीको आयोजनामा सम्पन्न भएको थियो ।