खोलाले वेपत्ता पारेका युवाको शव भेटियो

September 06, 2018

उर्लाबारी (मोरङ) 

मोरङको उर्लाबारीका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । लेटाङ– ८ मा रहेको तेलिखोलाले बगाएर बेपत्ता भएका उर्लावारी–३ मंगलबारेका १९ वर्षीय कृष्ण पौडेलको बुधबार मृत अवस्थामा अश भेटिएको हो । मंगलबार अपरान्ह लेटाङ– ८ मा रहेको कुलुङ झरना हेरेर घर फर्किने क्रममा पौडेललाई एक्कासी आएको बाढीले बगाएर मृत्यु भएको थियो । ७ जनाको समूहमा झरना पुगेर फर्किने क्रममा पौडेललाईएक्कासी आएको बाढी बगाएर बेपत्ता बनाएको थियो भनेअन्य ६ जना भने बाच्न सफल भएका थिए । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा परिचालित प्रहरी टोली र लेटाङ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीम पोख्रेल, मिक्लाजुङ ५का वडा अध्यक्ष रुद्र लिङ्देनलगायतको टोलीले मृत अवस्थामा लेटाङ– ८ मोटा गौडादेखि १०० मिटर उत्तर खोलाको बीचमा अवस्थित सिमलिको बुटामा भेट्टाएका थिए । पौडेल उर्लावारी बहुमुखी क्याम्पसमा कक्षा १२ अध्ययनरत थिए । घट्नाको छानबिन भइरहेको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख खतिवडाले जानकारी दिए ।