संविधान दिवसमा रक्तदान तथा दन्त शिबिर

September 18, 2018

उर्लाबारीःसंविधान दिवसको अवसरमा मोरङको उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीले रक्तदान तथा दन्त शिबिर सम्पन्न गरेको छ । 

मंगलबार विद्यालय परिसरमा पूर्व सांसद पर्तमान धिमालको प्रमुख आतिथ्यतामा भएको रक्तदान तथा दन्त शिबिर भएको हो । रेडक्रस सोसाईटी दमकको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए भने १ सय ५० जनाको दन्त परीक्षण गरिएको विद्यालयका सञ्चालक कमल गौतमले जानकारी दिए । दन्त शिबिरमा नोवेल डेन्टल केयर दमकले प्राविधिक सहयोग गरेको थियो । प्रिन्सिपल अजित भट्टराईको सभापतित्वमा उक्त कार्यक्रमको सञ्चालन सञ्चालक घनश्याम भण्डारीले गरेका थिए ।