मधुमेहः रोग एक खतरा अनेक

August 19, 2018

मधुमेहः रोग एक खतरा अनेक


मधुमेहलाई हाम्रो समाजमा ‘खानदानी रोग’को संज्ञा दिएको छ । यसको अर्थ पनि छ । खासगरी मिठो(मसिनो खाने, ऐश(आरम गर्ने, शारीरिक श्रम नगर्ने, शारीरिक सुख भोग गर्न खोज्नेहरु यो रोगको चपेटामा पर्छन् ।


अर्थात, खराब खानपान र जीवनशैली नै यो रोगको कारक देखिदै आएको छ । कतिपय अवस्थामा वंशानुगत रुपमा पनि यो पुस्ता(पुस्तालाई सर्दै आउँछ ।


मधुमेहलाई समयमै नियन्त्रण गर्न सकियो, खानपान र जीवनशैलीमा सर्तकता अपनाइयो भने यसले उस्तो हानी गर्दैन । तर, लापरवाही गरेको अवस्थामा यो जटिल समस्या बन्छ । मधुमेहले शरीरका अन्य अंगको कार्यसंचालनमा समेत बाधा पुर्‍याउँछ । नतिजा, अनेक किसिमको रोगले एकमुष्ठ गाँज्न थाल्छ ।


मधुमेहको जटिलता


मधुमेहबाट रोगबाट ग्रस्त मानिसहरुमध्ये अधिकांशलाई मोटोपना हुन सक्छ र कम्मरको दुखाई पनि हुन्छ ।


यस्तो कम्मर दुखाई बसेको बेलामा कम हुन्छ तर, मानिस जब हिँड्न सुरु गर्छन् उनीहरुलाई सहनै नसकिने गरि कम्मर दुख्छ । र, जब सम्म हिड्ने प्रक्रिया जारी रहन्छ दुखाई झनै बढ्दै जान्छ ।


हिड्न रोकिएपछि भने कम्मरको दुखाई कम हुन सुरु हुन्छ र फेरि केहि समय दुख्न छोड्छ ।


यस खालको कम्मरको दुखाईलाई धेरै मानिसहरुले ‘लम्बर स्पोन्डिलोसिस’ वा साइटिकाको दुखाई सम्भिmन्छन् र हाडजोर्नी विशेषज्ञकोमा जान्छन् । विशेषज्ञले पनि विभिन्न परिक्षण गर्छन् र केही क्याल्सियमको औषधिहरु र दुखाई कम गर्ने औषधि दिँदै पर्याप्त व्यायाम गर्न भन्छन् ।


तर, डाक्टरले भनेअनुसार नै गर्दा पनि अपेक्षित लाभ मिल्दैन नतिजा स्वरुप हरेक महिना डाक्टर बदलिन्छन् र यसको बाबजुद पनि नतिजा राम्रो आउँदैन ।


कमरदुखाई वा कम्मरको एन्जाइना


एक सामान्य मानिस वा महिलालाई कम्मर दुखेमा त्यसको मुख्य २ कारण हुन्छन् । एक कम्मरको पुरानो चोट जुन धेरै जसो जमिनमा लड्नाले हुन्छ र अर्को मोटोपना वा पैदल नहिँड्नाले हुन्छ ।


जब कसैको दिनचर्या धेरै समय बसेर बित्छ र उनीहरुलाई हिड्ने वा व्यायामको अभाव हुन्छ त्यतीखेर उनीहरुको मेरुदण्डको तन्तु र हड्डिहरुमा कठोरता आउँछ जसले उनीहरुमा लचिलोपनको अभाव हुन्छ र


यस्तो मानिसले जब केही गर्न खोज्छन् त्यतिखेर उनीहरुलाई कम्मर दुख्ने समस्याले सताउँछ । यस्तै, जब एक मधुमेहको बिरामी हिड्दा कमरको दुखाई वा जाँघमा दुखाई भएको गुनासो गर्छन उनीहरुको कारण हड्डीमा लचिलोपना न भएर अरुनै केहि हुन सक्छ ।


मधुमेहका बिरामीमा कम्मर दुखाईको धेरैजसो कारण कम्मर र जाँघलाई शुद्ध रगतको आपूर्तीमा स्थायी रुपले कमी हुनुलाई मानिन्छ ।


यदि मधुमेहका बिरामीहरुलाई यत्तिकै बसिरहँदा पनि कम्मर दुख्ने समस्या देखिन्छ भने यसको सीधा मतलब उनीहरुमा शुद्ध रगतको सप्लाईमा भारी कमी भएको हुन्छ ।


रगतको उपलब्धतामा कमी भएको कारणले हुने दुखाईलाई मेडिकल भाषामा एन्जाइना भनिन्छ । जसरी मुटुको भित्तामा शुद्ध रगतको आपूर्तीमा कमी हुनाले छातीको एन्जाइनाको सिकायत हुन्छ । ठिक त्यसै गरि कम्मरको मांसपेसी वा अंगहरुलाई शुद्ध रगतको पर्याप्त उपलब्धताको कमीले कम्मरको एन्जाइना वा ‘वेस्ट एन्जाइना’को समस्या देखिन्छ ।


जसरी हामीले छातीको एन्जाइनालाई वेवास्ता गरेर समयमै उपचार गरेनौं भने हर्टअट्याकको खतरा बढ्छ ठिक त्यसै गरि कम्मरको एन्जाइनालाई पनि वास्ता गरिएन भने खुटटको मासु सडेर खुट्टा नै काम नलाग्ने अवस्था सम्म आउने खतरा हुन्छ ।


कम्मरको एन्जाइना नै किन हुन्छ रु


मुटुबाट निस्केर एक मोटो रक्तनली पेटतर्फ गएको हुन्छ जसले जान्छ त्यहा उसले पेटभित्रको आन्द्रा लगायतका अन्य अंगहरुलाई शुद्ध रगत आफूर्ती गर्छ ।


यहि नलीले तल कम्मर भित्र पुगेर कम्मरमा रहेको अंग वा मांसपेसीहरुलाई शुद्ध रगत प्रदान गर्छ । त्यसपछि यो नली २ अलग अलग नलिहरुमा विभक्त भएर बाँया र दाँया जाँघहुँदै तल खुट्टासम्म गएर दुवै खुट्टालाई शुद्ध रगत प्रवाह गर्छ ।


मधुमेहको कारण यसै रक्तनलीको भित्तामा बोसो र क्याल्सियम निरन्तर जम्मा हुँदै जान्छ । बोसो जम्नाको कारण विस्तारै रक्तनली साँघुरो हुन थाल्छ जसले शुद्ध रगतको आपूर्तीमा गिरावट आउँछ ।


यदि दिनचर्यामा व्यायाम वा खानपानको अनुशासनको अभाव भएमा मधुमेहको बिरामीमा सुगरको मात्रा अनियन्त्रित हुन्छ ।


परिमाणस्वरुप बोसो तिव्र जमेको कारण रक्तनली साँघुरो हुन्छ । मधुमेहबाट खासगरि कम्मरमा रक्तनली साँघुरो हुन्छ । ठिक त्यस स्थानमा जहाँ मुटुबाट आउने रक्तनली २ मुख्य शाखामा बाँडिन्छ ।


पेटमा हुने रक्तनलीमा बोसो वा क्याल्सियम अत्याधिक मात्रामा जम्मा भएको हुन्छ त्यतिखेर कम्मर वा जाँघमा जाने अक्सिजनयुक्त शुद्द रगतको मात्रामा भारी गिरावट हुन्छ र बिरामीलाई हिँड्दा कम्मर दुख्ने समस्या देखिन्छ । यसरी सुरुहुने कम्मरको एन्जाइना वा यो रोगलाई मेडिकल भाषामा ‘लेरिक सिन्ड्रोम’ भनिन्छ ।


कम्मरको एन्जाइनालाई वेवास्ता गरेमा वा उपचार नगराएमा २ किसिमको समस्या भोग्नुपर्छ । पहिलो, यौन क्षमतामा भारी कमी आउन सक्छ किनभने यसले लिंगको शुद्ध रगत आफूर्तीमा बाधा पुग्छ जसले लिंगमा अपेक्षित उत्तेजना पैदा हुँदैन र तपाईं सम्भोगको आनन्द उठाउनबाट बञ्चित हुन सक्नुहुन्छ ।


दोस्रो नोक्सान झनै खतरनाक हुन्छ । यसले विस्तारै विस्तारै खुट्टामा हुने शुद्द रगतको मात्रा कम हुँदै जान्छ र अन्तिममा खुट्टामा भयानक दुखाई, कालोपना वा गेग्रिंन हुन्छ । जसकारण तपाईको खुट्टाले कामै नगर्न पनि सक्छ ।


दुखाई निरोधक औषधीहरुबाट बचौं


धेरैजसो मानिस कम्मर दुखेको महसुस भएपछि एकपछि अर्को गर्दै डाक्टर फेरिरहन्छन् र त्यसको साथमा दुखाई निरोधक औषधिहरुको ब्राण्ड पनि फेरिरहन्छन् ।


केही मानिसहरु डाक्टरकोमा जान त टाढाको कुरा आँफै डाक्टरको भूमिका निभाउन लाग्छन् र मेडिकल स्टोरको काउन्टरबाट विभिन्न किसिमका दुखाई कम गर्ने औषधीहरु किन्ने गर्छन् ।


थोरै मात्रै दुखाई महसुस हुनासाथै तुरुन्त दुखाईको औषधि खान्छन् र यस्तो सिलसिला धेरै वर्षसम्म चलिरहन्छ । यस्तो गर्नाले २ किसिमको हानी हुन्छ । एक त कम्मरदुखाईको सहि उपचारको अभावमा बिरामी खुट्टा नै गुमाउने अवस्थामा पुग्न सक्छ र अर्कौ मिर्गौलामा धेरै नोक्सान पुगेर मिर्गौला नै फेल हुने सम्भावना बढ्छ ।


सायद तपाईलाई थाहा छैन होला अस्पतालमा मिर्गौलाको डायलोसिस वा प्रत्यारोपण गराउने बिरामी मध्ये करिब ६५ प्रतिशत यस्ता मानिस हुन्छन जसले कम्मर वा घुँडाको दुखाईको कारण धेरै वर्षसम्म दुखाई कम गर्ने औषधि नियमित रुपमा सेवन गरेका हुन्छन् ।


यो तथ्यबाट सबैखालका दुखाई निरोधक औषधिहरुले मिर्गौलालाई स्थायी रुपमा नोक्सान पुर्याउँछ, विशेषगरि मधुमेहका बिरामीमा यसले असर गर्छ भन्ने कुरा तपाइर्ंले बुझ्न सक्नुहुन्छ ।


धुमपानबाट बचौं


मधुमेहका बिरामी जो कमरदुखाईबाट ग्रस्त छन्, उनीहरु धुम्रपान वा तमाखुको नियमित सेवन गर्छन् भने, बुझ्नुहोस् उनीहरुले ढिलोचाँडो आफ्नो खुट्टा गुमाउने छन् ।


चुरोट वा तमाखुको सेवनले मधुमेहका बिरामीमा पहिलेदेखि नै अपर्याप्त रगतको मात्रा अझै कम हुन्छ र खुट्टा विस्तारै कालो हुँदै जान्छ जसलाई अन्तिममा काट्नुपर्छ ।


धुमपान वा तमाखु सेवनको अर्को सबैभन्दा ठूलो नोक्सान अर्को पनि छ । यदि धमनी बाईपास सर्जरी वा एन्जियोप्लास्टी स्टेन्टिङद्धारा उपचार गरियो भने पनि धुमपान वा तमाखु सेवनको कारणले सबै प्रयास व्यर्थ हुन्छन् । कृत्रिम बाइपास नली वा स्टेन्ट पुर्ण रुपमा बन्द हुन्छ त्यसैले घुमफिर गरेर तपाई त्यहि पुग्नुहुनेछ जहाँबाट सुरु हुनुभएको थियो ।


उपचारका विधिहरु


एन्जियोग्राफीको परिणामको आधारमा कम्मर भित्र रगतको नलीमा कति र कहाँसम्म अवरोध छ भन्नेबारेमा थाहा हुन्छ । यस्तो जानकारी पछि उपचारको सहि दिशा निर्धारित हुन्छ ।


धेरै जसो बिरामीहरुमा धमनी बाइपास नामक अपरेसनको आवश्यकता पर्छ । यसको लागि विदेशबाट आयातित कृत्रिम रगतको नलीहरुको प्रयोग गरिन्छ ।


केहि बिरामीहरुमा एन्जियोप्लास्टी वा स्टेन्टिङको प्रयोग गरिन्छ र तर यसको लागि उपयुक्त बिरामीको सहि छनौट हुनुपर्छ । कुन बिरामी कुन उपचारको लागि उपयुक्त छन् भन्ने कुराको छनौट भास्कुलर सर्जनले गर्छन् ।


तर, उपचारको सफलतामा बिरामीले नियमित केही समय हिँडडुल गर्ने वा केही आवश्यक व्यायामहरु गरेमा त्यसको भूमिका महत्वपूर्ण हुन्छ ।