चीनले यसकारण ल्यायो ‘के भिसा’ को प्रावधान

चीनले १ अक्टोबदेखि नयाँ ‘के भिसा’ ल्याउने घोषणा गर्यो। यसको उद्देश्य चीन र अन्य देशका विज्ञान र प्रविधि क्षेत्रका युवा प्रतिभाहरुबीच आदान–प्रदान र सहकार्य बढाउनु हो।

‘के भिसा’ साधारण प्रकारकै भिसामा पर्छ। यसमा उमेर, शिक्षा वा अनुभवसँग सम्बन्धित केही शर्त मात्र लागू हुनेछन्। यसका लागि चीनमा काम दिने संस्था वा निमन्त्रणा चाहिँदैन।

आवेदन प्रक्रिया पनि सजिलो हुनेछ। यो भिसा लिएर चीन जाने युवाले शिक्षा, संस्कृति, विज्ञान र प्रविधि क्षेत्रमा काम गर्न सक्नेछन्। साथै उद्यमशील र व्यापारिक काममा पनि सहभागी हुन सक्नेछन्।

यसले देखाउँछ, चीन अझै खुला र आत्मविश्वासी बनेको छ।

आज विश्वमा प्रतिभाहरुको आवागमन पहिले जस्तो एकतर्फी छैन। आवागमन आजकल दुईतर्फी र विविध ढाँचामा हुने गरेको छ।

एक तथ्यांक अनुसार, २००० मा १७३ मिलियन अन्तर्राष्ट्रिय आप्रवासी थिए। २०२० मा यो संख्यामा बृद्धि भई २८१ मिलियन पुगेको छ। यसले देखाउँछ कि विश्वव्यापी रूपमा जनशक्ति संरचनामा परिवर्तन हुँदैछ।

चीनको प्रविधि क्षेत्रलाई अझै उच्च स्तरको दक्ष जनशक्ति आवस्यक परेको छ। विशाल जनसंख्या र नीतिहरुमा सुधारका कारण चीनले अन्तर्राष्ट्रिय प्रतिभाका लागि नयाँ अवसर सिर्जना गरिरहेको छ।

यस हिसावले विश्वभरका प्रतिभावान युवाहरुलाई आकर्षित गर्ने नीति अख्तियार गर्नु स्वाभाविक कदम हो।

‘के भिसा’ चीनको खुलापन (ओपनिंग अप) को ठोस अभ्यास हो। यो विशेषतः विदेशी विज्ञान र प्रविधि क्षेत्रका युवा पेशेवरहरुका लागि तयार गरिएको हो। यसले व्यावहारिक आवश्यकता मात्र पूरा गर्दैन, बरु नवप्रवर्तनको प्रवृतिसँग पनि मेल खान्छ।

भिसा नीति लागू गर्नु यसको पहिलो चरण हो। अब यसलाई राम्रोसँग कार्यान्वयन र व्यवस्थापन गर्नु महत्त्वपूर्ण हुनेछ। यसलाई केवल भिसा प्रक्रियाको सानो परिवर्तनका रुपमा मात्र होइन, विश्वव्यापी प्रतिभा व्यवस्थापनमा चीनको रणनीतिक कदमका रूपमा बुझ्नुपर्छ।

नयाँ भिसा नीति विश्वमा सीमापार प्रविधि र प्रविधियुक्त जनशक्ति आवागमनलाई सहज बनाउने प्रकृयामात्र नभई नवप्रवर्तनलाई सही ठाउँमा लैजाने प्रक्रिया पनि हो। भविष्यमा प्रविधि र अर्थतन्त्रलाई सही किसिमले अघि बढाउने मुख्य शक्ति सीमापार प्रतिभा नै हुनेछन्।

फरक-फरक मुलुक र संस्कृतिका समुदायबीच सहकार्य हुँदा प्रायः परिणाम प्राय एक जोड एक बराबर दुई (1+1=2) भन्दा बढी हुने गर्छ। यस्तो सहयोगले जैविक औषधि र कृत्रिम बुद्धिमत्ता जस्ता क्षेत्रमा पुराना अनुसन्धानका सीमाना तोडिरहेको छ।

यसै कारण चीन ‘के भिसा’ लगायतका नीतिहरूमार्फत् अझ खुला ढंगले विश्वव्यापी प्रतिभालाई स्वागत गर्दैछ।

पहिले विश्वमा अमेरिका लगायतका सीमित मुलुकलाई मात्र अन्तिम गन्तव्य मानिन्थ्यो। तर अहिले चीन पनि अन्तर्राष्ट्रिय प्रतिभाको केन्द्र बन्दैछ। चीनले निःशुल्क प्रवेश भिसाको विस्तारदेखि दक्ष जनशक्ति आप्रवासन प्रणाली बनाउने लगायतका धेरै पहल गरिरहेको छ।

चीनले लागू गरेको नयाँ ‘के भिसा’ भने अमेरिकाको युएस एच–वान बी (US H-1B) भिसाभन्दा फरक छ। एच-वान बी  (H-1B) प्रायः अमेरिकी उद्योगहरूको श्रम आवश्यकता पुरा गर्ने उद्देश्यले प्रदान गरिन्छ। तर चीनको चीनको ‘के भिसा’ भने सहकार्य र आदान-प्रदानका लागि ल्याइएको हो।

यसको उद्देश्य रोजगारी मात्र होइन, बरु वैज्ञानिक नवप्रवर्तनमा साझेदारी बढाउनु हो।

विश्वका प्रतिभा आकर्षित गर्न पैसा मात्र होइन, राम्रो वातावरणपनि आवस्यक पर्छ। जहाँ अवसर हुन्छ, नवप्रवर्तनको सम्मान गरिन्छ र सांस्कृतिक विविधता हुन्छ, त्यही देश आकर्षणको केन्द्र बन्छ। पछिल्ला वर्षहरुमा चीनले व्यावसायिक वातावरणमा सुधार, बौद्धिक सम्पत्ति सुरक्षा सबल र स्वतन्त्र व्यापार क्षेत्रलाई खुलापनको नमुना बनाउने भूमिका निर्वाह गरेको छ।

यसरी चीनले विश्वव्यापी प्रतिभाका लागि राम्रो पारिस्थितिकी तयार गरेको छ। ‘के भिसा’ यसैको नयाँ उदाहरण हो।

आजको युगमा सीमापार प्रतिभा प्रवाह एक सामान्य प्रवृत्ति बनेको छ। चीनले ‘के भिसा’ लगायतका नीतिहरूमार्फत् यो प्रवृत्तिलाई आत्मसात गरेकोमात्र छैन, आफ्नो रणनीतिक विकासलाई पनि अघि बढाएको छ।

अहिले केही मुलुकहरुले बाह्य सहकार्यलाई अस्वीकार गर्दै आफ्नै मुलुकभित्र मात्र सीमित हुन थालेका छन्। तर चीन भने खुलापन र सहकार्यमार्फत् विकास र नवप्रवर्तनलाई अघि बढाइरहेको छ।

यसले जिम्मेवार ठूलो राष्ट्रको हैसियत प्रदर्शन गर्छ र विश्वव्यापी प्रतिभा आदान-प्रदानका लागि नयाँ अवसर पनि प्रदान गर्छ।

(ग्लोबल टाइम्सको २९ सेप्टेम्बर २०२५ को सम्पादकीयको अनुवाद)