यस गर्मीमा चिसो मौसम र उच्चस्तरीय स्रोतहरूको कारण युवा पर्यटकहरू वा आफ्ना बच्चाहरूसँग यात्रा गर्नेहरूमा क्रान्तिकारी इतिहाससँग सम्बन्धित पर्यटन अर्थात् ‘रेड टुरिज्म’ को आकर्षण बढ्दै गएको छ।
नयाँ चीनका संस्थापक नेताहरूलाई सम्मान गर्न धेरै युवा चिनियाँहरूले देशव्यापाी यात्रा गरिरहेका छन्, किनकि यो वर्ष जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध (१९३१–४५) र विश्व विरोधी–फासीवादी युद्धमा विजयको ८०औँ वार्षिकी हो।
यससँग सम्बन्धित प्रमुख स्मारक स्थल र ऐतिहासिक स्थानहरूको लोकप्रियता गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।
बेइजिङस्थित अनलाइन ट्राभल एजेन्सी ‘कुनार’ का अनुसार, जियाङ्सी प्रान्तको जिङ्गाङ्सान, सान्सी प्रान्तको यानआन, र हुनान प्रान्तको साओसान जस्ता ‘रेड टुरिज्म’ गन्तव्यमा होटल बुकिङ यो गर्मीमा गत वर्षको सोही अवधिको तुलनामा बृद्धि भएको छ।
विशेषगरी जिङ्गाङ्सानमा होटल बुकिङ मात्रा वर्षको तुलनामा करिब ४० प्रतिशतले बढेको छ, जुन जियाङ्सी प्रान्तको होटल बुकिङको समग्र वृद्धिदरभन्दा उच्च हो।
कुनारका अनुसन्धानकर्ता ली लिङ्गयानका अनुसार, जिङ्गाङ्सान केवल ‘रेड टुरिज्म’ गन्तव्य मात्र होइन, यो उत्कृष्ट वायु गुणस्तर भएको र गर्मीको तातोपनाबाट बच्नका लागि उपयुक्त शहर पनि हो।
यसैबीच, केही युद्धलाई विषयवस्तु बनाइएका फिल्महरूको प्रदर्शनले ‘रेड टुरिज्म’ को लोकप्रियता बढाउन सहयोग पुर्याएको छ।
‘डिड टु राइट’ नामक, नानजिङ नरसंहारबारेको फिल्मले जुलाई २५ मा प्रदर्शन भएको १० दिनमै १.५ अर्ब युआन (२०९ मिलियन अमेरिकी डलर) भन्दा बढी कमाई गर्न सफल भएको थियो।
यो फिल्मको सफलताका कारण यसका मुख्य छायांकन स्थल ‘शाङ्घाई फिल्म स्टुडियो अम्युजमेन्ट पार्क’ मा भ्रमणकर्ता संख्या लगातार बढेको छ।
त्यहाँ पर्यटकहरूले फिल्म सुटिङ स्थल भ्रमणमार्फत इतिहासलाई प्रत्यक्ष अनुभव गर्न सक्ने केही इन्टरएक्टिभ गतिविधिहरू युवा पुस्तामाझ निकै लोकप्रिय भएका छन्।
गत जुलाइमा जुनको तुलनामा सो मनोरञ्जन पार्कबारेमा खोज मात्रा ८० प्रतिशतभन्दा बढेको दावी सुजौस्थित अनलाइन ट्राभल एजेन्सी ‘तुङचेंग ट्राभल’ ले गरेको छ।
यस महिनामा ‘दोङ्जी रेस्क्यू’ र ‘माउन्टेन एण्ड रिभर्स वियरिङ विटनेस’ जस्ता युद्धबारेका नयाँ युद्ध फिल्महरू रिलिज हुँदै गर्दा ‘रेड टुरिज्म’ थप उचाइमा पुग्ने अनुमान गरिएको छ।
साङ्घाईमा आधारित बजार अनुसन्धान संस्था ‘लिडलिओ रिसर्च इन्स्टिच्युट’ का अनुसन्धानकर्ता हु यिजोउका अनुसार, विभिन्न आधुनिक प्रविधि र इन्टरएक्टिभ कार्यक्रमहरू प्रयोग गरेर युवाहरूको यात्रा अनुभवलाई अझ समृद्ध बनाउन सकिन्छ। यससले ‘रेड’ स्थलहरूको ऐतिहासिक आकर्षणलाई मजबुत पार्दै उनीहरूलाई ऐतिहासिक दृश्यहरूमा डुब्ने अवसर दिने उनी बताउँछन्।
बढ्दो यात्रु मागलाई लक्षित गर्दै, प्रमुख शहरहरू र ‘रेड टुरिज्म’ गन्तव्यबीचका प्रत्यक्ष उडानहरू बढाइएका छन्। यस वर्षको सुरुवातमा, साङ्घाई–आधारित ‘चाइना ईस्टर्न एयरलाइन्स’ ले साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल र यानआनलाई जोड्ने नयाँ उडान सुरु गरेको थियो।
‘श्यामेन एयरलाइन्स’ ले पनि फुजियान प्रान्तको फुझोउ र यानआनलाई, हुनान प्रान्तको चाङ्शामा एक स्टपओभरसहित जोड्ने उडान सञ्चालनमा ल्याएको छ।