तियाञ्जिनको साँझको शितल हावाले एउटा विशेष सन्देश दिँदैछ, चाँडै नै शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रका प्रतिनिधिहरू यहाँ विकास संवादका लागि भेला हुँदैछन्।
हाईहे नदी किनारका स्मारकहरूले यो अन्तर्राष्ट्रिय महानगरको स्वरूप देखाउँछन्, जहाँ इतिहास र आधुनिकता नृत्य गरिरहेका भेटिन्छन्। सय वर्ष पुराना पश्चिमी शैलीका भवनहरू भविष्यको संरचना प्रदर्शन गर्छन्, जसले शहरको विगत र वर्तमानको कथा सुनाउनेछ।
तियाञ्जिनका केही महत्वपूर्ण स्थानहरूले बोकेका कथा निम्न बमोजिम छन् ः
समय बोल्ने ‘सेन्चुरी क्लक’
१२ क्रिस्टलसहितको यो ‘समय–दूत’ ले तियाञ्जिनको इतिहास र वर्तमानलाई निरन्तर टक्कर दिइरहेको छ। यसको भुइँमा देखिने जटिल प्रकारको गियर र रेलको डिजाइनले पुरानो तियाञ्जिन रेल्वे स्टेशनलाई सम्झाउँछ।
कुनैबेला वाष्प इञ्जिनले चल्ने रेलगाडी गुड्ने यो स्थान अहिले उच्च गतिको रेलको तालमा गुञ्जन्छ।
‘एससीओ’ शिखर सम्मेलनका लागि पुनः मर्मत गरिएको यसको प्रसिद्ध सूर्य–चन्द्र अंकित डायल फेरि घुम्न थालेको छ। स्मार्ट लाइट प्रोजेक्शनहरूले तियाञ्जिनको सांस्कृतिक सम्पदालाई जीवित राखेका छन्।
स्थानीयवासीका भनाईमा, जब यो क्लक टावर’ को घडीको घण्टी बज्न थाल्छ, तब त्यहाँ प्रेमीहरूले आपसमा भेट्नेछन्। अब यो घडीको टिकटिक अन्तर्राष्ट्रिय महत्वसहित गुञ्जिनेछ।
जेफाङ : ९६ वर्ष पुरानो फलामे पुलको आश्चर्य
घडीको छेउमै हाईहे नदीमाथि फैलिएको जेफाङ पुल (वान्गुओ ब्रिज) उभिएको छ। पेरिसको एफिल टावरको फलामबाट बनेको यो वास्तुकला चीनको ‘जीवित जीवाश्म पुल’ मानिन्छ।
यो चीनको एक मात्र यस्तो पुल हो, जसको फलामका पाताजस्ता भागहरू जहाज पार गर्ने बेला उठाइन्थ्यो। रातको समयमा भकिझकाउ बत्तीहरूले यसलाई रंगीचंगी बनाउँछन्।
जिनवान प्लाजा : पूर्व–पश्चिमको संगम
जेफाङ पुल पार गरेपछि छोटो दूरीमा जिनवान प्लाजा आउँछ। यहाँ शास्त्रीय सौन्दर्य भेटिन्छ, तिनमा परम्परागत र चम्किला टायल र चिनियाँ जालीको सजावट मिसिएको छ।
हाईहे नदीको छेउमा रहेको र ऐतिहासिक र आधुनिक पुलहरूले घेरिएको यो प्लाजाका खुला क्याफेहरूमा बस्दै स्थानीयहरु शेब्ड आइस’ चाख्दै डुङ्गा तैरिरहेको दृश्य हेर्न सकिन्छ।
तियाञ्जिन आई : बादलबाट शहरको दृश्य
१२० मिटर अग्लो ‘तियाञ्जिन आई फेरिस ह्विल’ ले ३० मिनेटको घुमाइमा रातको विशाल पस्कन्छ।
यसको क्याप्सुलमा तारा र चेरी फूलको प्रोजेक्सन गर्ने छत–भुइँ देखिने स्क्रीन, चार्जिङ पोर्ट र ब्लुटुथ सुविधा छन्, जसको प्रयोग गरेरआफ्नै संगीतपनि यहाँ सुन्न सकिन्छ।
हामी कहाँ आउने ९५ प्रतिशतभन्दा बढी आगन्तुक पर्यटक नै हुन्छन्यो’ प्रतीकात्मक स्थलका सञ्चालक ली मिङलिआङ भन्छन्यो, ‘ टियांजिनको पहिचान हो।’
इटालियन शैली टाउन : छेउमै सानो रोम
नदी किनारैसँग उत्तरतर्फ लाग्दा इटालियन शैली सडक भेटिन्छ। यहाँ १३७ वटा इटालियन डिजाइनका भवनहरू छन्। गोथिक टावर, बारोक नक्काशी र रोमन स्तम्भपनि छन्।
एसियामा सबैभन्दा राम्रोसँग संरक्षित इटालियन वास्तुकला परिसर यही नै हो।
यहाँ चिनियाँ विद्वान लिआङ छिचाओ र नाटककार चाओ युका पहिलेका घरहरू पनि छन्। àद फाउण्डिङ अफ रिपब्लिक’ र ‘द म्यासेज’ जस्ता फिल्मका दृश्यहरू पनि यहीँ छायाङ्कन भएका हुन्।
जर्मन बियर र प्रामाणिक भेनेशियन रेस्टुरेन्टहरूले खानेकुराका प्रेमीलाई लोभ्याउँछन्।
बेइ’आन पुल : गर्मी रातको संगीत
इटालियन क्वार्टरको दक्षिणमा बेइ’आन पुल सुनौलो मूर्तिहरूसहित सजिएको छ। चीनका चार दैवी संरक्षकका रुपमा चिनिएका नीलो ड्रागन, सेतो बाघ, राता चराचुरुङ्गी र कालो कछुवा) प्रत्येक कुनामा छन्, यिनले सबै दिशामा सुरक्षा गरिरहेको सन्देश दिन्छन्।
पुलको वारमा रहेको युरोपेली डिजाइनले तियाञ्जिन शहरको सांस्कृतिक जरा र खुलापन देखाउँछ।
साँझ पर्नासाथ पुल जीवित हुन्छ। युवा ब्यान्डहरूले पप गीतहरू बजाउँछन्, स्याक्सोफोन वादकहरूले पुराना धुनहरू गुञ्जाउँछन् र नृत्य समूहहरूले तारामुनि नाच गर्छन्। यो नै तियाञ्जिनको खुसी हो।यहाँ हजारौं वर्ष पुराना परम्परा र विश्वव्यापी मान्यता जीवन्त भेटिन्छन्, हाईहे नदीको किनारमा तियाञ्जिनको अद्वितीय आकर्षण प्रस्टसँग देखिन्छ। ‘एससीओ’ शिखर सम्मेलनको तयारी गर्दै तियाञ्जिनले, चम्किलो आकाशले विश्वलाई भ्रमणको निमन्त्रणा दिएको छ।