एससीओको विकास र सहकार्यमा ऐतिहासिक उपलब्धि हासिल : राष्ट्रपति सी

संगठनको विकास र सहकार्यमा तियान्जिन शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूले ऐतिहासिक तथा युगान्तकारी उपलब्धिहरू हासिल गरेको कुरा चीनका राष्ट्रपतिसी चिनफिङले बताएका छन्।

सोमबार चीनको उत्तरी सहर तियान्जिन नगरमा आयोजित एससीओका सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरूको २५औँ बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राखेका हुन्।

‘हामी पहिलोपटक आफ्ना सीमाक्षेत्रमा सैन्य आपसी विश्वास निर्माण गर्ने सैन्य संयन्त्र स्थापना गर्न सफल भयौं’ राष्ट्रपति सीले भने, ‘जसले गर्दा हाम्रो लामो सीमा मित्रता, आपसी विश्वास र सहकार्यको सम्बन्धमा परिणत भएको छ।’

त्यसक्रममा राष्ट्रपति सीले एससीओ सदस्य राष्ट्रहरूले हासिल गरेका थुप्रै प्रथम उपलब्धिहरूको सूचीपनि प्रस्तुत गरेका थिए।

राष्ट्रपति सीका अनुसार आतंकवाद, पृथकतावाद र चरमपन्थी तीन शक्तिहरूविरुद्ध बहुपक्षीय कदम चाल्ने पहिलो संगठन पनि एससीओ नै हो।

यसक्रममा उनले ‘बेल्ट एन्ड रोड’ सहकार्यको सुरुवातपनि यसै संगठनले गरेको स्मरण गरेका थिए।

‘हामी दीर्घकालीन सद्भाव, मित्रता र सहकार्य सम्बन्धी सन्धि गर्ने पहिलो संगठन हौं’ उनले थपे, ‘जसले स्थायी मित्रता निर्माण र आपसी शत्रुताबाट टाढा रहने हाम्रो प्रतिबद्धता प्रकट गरेको छ।’

एससीओका सदस्य राष्ट्रहरूले व्यापक परामर्श, साझा योगदान र साझेदारीसहितको लाभमा आधारित विश्व व्यवस्थाको दृष्टिकोण पहिलो पटक प्रस्तुत गरको बताउँदै राष्ट्रपति सीले त्यसलाई वास्तविक बहुपक्षीयताको अभ्यासका रूपमा अगाडि बढाइएको उल्लेख गरे।