बेइजिङको तियानआनमेन स्क्वायरमा, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार (१८ भदौ) बिहान विश्व नेताहरूसँग मिलेर चीनको विजय र आठ दशक पहिले फासिवादमाथि विजय प्राप्त गरेका राष्ट्रहरूको सामूहिक सफलताको सम्मानमा आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाए।
तियानआनमेनको रोस्ट्रममा उभिएर राष्ट्रपति सीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गरेर विश्वभरका राष्ट्रहरूलाई युद्धको मूल कारण समाप्त गर्न र ऐतिहासिक त्रासदीहरू दोहोरिन नदिन आह्वानपनि गरे।
राष्ट्रपति सीले भने, ‘सामूहिक सुरक्षा केवल तब सम्भव छ जब विश्वका राष्ट्रहरूले एकअर्कालाई समानको रूपमा व्यवहार गर्छन्, सद्भावपूर्वक बस्छन् र परस्पर सहयोग गर्छन्।’
उनको लागि यो गंभीर समारोह केवल इतिहासप्रति श्रद्धांजलली मात्र होइन, यो भविष्यको दृष्टिकोणको सङ्केत हो, जहाँ मानवता एक न्यायपूर्ण, समान र समृद्ध विश्व साझा गर्न सक्छ।
विश्वलाई न्यायको आवश्यकता
समारोहअघि राष्ट्रपति सी र विश्व नेताहरूले तियानआनमेन रोस्ट्रममा पाइला राख्दै चीनले लडेका युद्धका भूतपूर्व योद्धाहरूसँग हात मिलाए। केही समयपछि जनमुक्ति सेनाले विविध संरचनामा रहेर विशाल स्क्वायरमा मार्चपाष्ट गर्यो।
यस्तै दृष्य यसै वर्षको मे महिनामा पनि देखिएको थियो, जब उनले रुसको राजधानी मस्कोको रेड स्क्वायरमा रुसी सैनिकहरूको मार्च हेरेका थिए, सोभियत संघको महान् राष्ट्रवादी युद्धको ८० औं वार्षिकोत्सवका अवसरमा।
त्यसलगत्तै राष्ट्रपति सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य नेताहरूसँग मिलेर क्रेमलिन पर्खाल नजिकको अज्ञात सैनिकको समाधिमा रातो फूलहरू चढाए र फासिस्टवादविरुद्ध लड्दा मृत्यु भएका सबैका लागि मौन श्रद्धांजलि अर्पण गरेका थिए।

यो अपीलको जरा इतिहाससँग सम्बन्धित छ। २०१७ मा। शाङ्घाईमा चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो ‘राष्ट्रिय महासभाको स्मारक’ भ्रमण गर्दा राष्ट्रपति सीले चीनको सय वर्षअघिको पीडा झल्काउने तीन तस्वीरहरु अघि लामो समय बिताएका थिए।
ती तीन तस्वीरहरुमा– ‘विदेशी शक्तिहरूले चीनको विभाजन गरेको छिङ् वंशको कार्टून, चीनलाई तिर्न बाध्य पारिएको भारी क्षतिपूर्ति विवरणको सूची र कार्ल मार्क्सको तीव्र आलोचना’ थिए।
राष्ट्रपति सीले भनेका थिए, ‘कस्तो अपमान कस्तो लज्जा त्यो बेला चीन कुनै ठूलो बोका जसरी काटिनका लागि कतै पर्खेर बसिरहेको थियो।’
विश्व फासिवाद विरुद्धको युद्ध (दोस्रो विश्वयुद्ध) को अन्त्यले अन्तर्राष्ट्रिय व्यवस्थामा पुनर्जागरणको मार्ग खोल्यो। ‘राष्ट्रसंघ’ को अवशेषबाट १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भयो, जसको घोषणापत्रले ‘सार्वभौम समानता, अहस्तक्षेप र विवादको शान्तिपूर्ण समाधान’ सुनिश्चित गर्यो। यो शताब्दीयौंदेखि ‘कायम रहँखै आएको शक्तिमाथि अधिकार’ कायम राख्ने कानूनको दृष्टिले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा उल्लेखित यी व्यवस्था महत्वपूर्ण भिन्नता थिए।
यस वर्ष संयुक्त राष्ट्रको ८० औं वार्षिकोत्सवमा राष्ट्रपति सीले नयाँ परिस्थितिमा विश्वका संस्थाहरुलाई पुनर्जीवित गर्न आग्रह गरे, ताकि यसले राष्ट्रहरूलाई कार्य समन्वय गर्ने र चुनौतीहरू समाधान गर्ने मुख्य प्लेटफर्मको रूपमा काम गर्न सकोस्।

भ्रमण अघि रुसी ‘गजेट’ पत्रिकामा राष्ट्रपति सीद्वारा हस्ताक्षरित लेख प्रकाशित भएको थियो, जसमा ‘इतिहासबाट सिकेर मिलेर उज्यालो भविष्य निर्माण गर्न’ र ‘विश्वलाई न्याय चाहिन्छ, वर्चस्ववाद होइन’ उल्लेख गरिएको थियो।
यो सन्देशले आजको विश्वव्यवस्थामा देखिएका तीव्र चुनौतीहरूलाई प्रतिबिम्बित गर्छ। सीले उल्लेख गरे अनुसार, एकतर्फी विचार, वर्चस्ववाद, धम्की र जबर्जस्तीको अभ्यासले शान्ति, न्याय र समानतालाई गम्भीर रूपमा कमजोर पारिरहेको छ।
‘चीनले कहिल्यै आफ्नो वर्चस्व खोज्ने छैन, न त हामी ‘जिरो सम गेम’ विश्वास गर्छौं’ सीले थपे, ‘यी विचारहरू कहिल्यै चीनको सांस्कृतिक डीएनएको हिस्सा थिएनन्, न त पछि नै हामीमा त्यस्तो हुने आकांक्षा छ।’
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्वाले शीको न्यायप्रतिको दृढतालाको प्रशंसा गरेका थिए।
‘तपाईंले मानवताले अनुसरण गर्नुपर्ने गहिरा परिवर्तनहरूको लागि प्रेरणा दिनुभएको छ’ राष्ट्रपति सिल्वाले भनेका थिए, ‘युद्धभन्दा शान्ति, प्रतिस्पर्धा भन्दा सहयोग बढाउने र विनाशभन्दा सिर्जना गर्नेमा तपाईंहरुको विचार प्रशंसनीय छ।’
कसैलाई पछाडि नछाड्ने प्रण
सीको दृढ विश्वास छ, ‘केवल जब राष्ट्रहरू सँगै विकास गर्छन्, तब मात्र साँच्चिकै विकास सम्भव हुन्छ।’
गत वर्ष रियो डी जानेइरोमा राष्ट्रपति सीले शीले जी–२० शिखर सम्मेलनमा विश्व नेताहरूसँगै सहभागिता जनाए। त्यसको मुख्य नारा ‘न्यायपूर्ण विश्व र दीगो ग्रह निर्माण’ भन्ने थियो। यो नाराले विश्वव्यापी विकास असमानता सामना गर्ने उद्देश्य राख्थ्यो।
२०१६ मा राष्ट्रपति शीले हाङ्जाओमा जी–२० बैठकको अध्यक्षता गरेका थिए। यो सम्मेलनले इतिहासमा पहिलोपटक जी–२० राष्ट्रका समूहहरुको समग्र आर्थिक नीतिको केन्द्रमा विकासलाई राखेको थियो।
रियो द जेनेरियोमा राष्ट्रपति सीले आफ्ना विदेशी समकक्षीहरुलाई भनेका थिए, ‘गरिवी निवारणमा चीनले हासिल गरेको कहानी विकासशील राष्ट्रहरूले गरिबी हटाउन सक्छन् भन्ने कुराको प्रमाण हो।’

संयुक्त राष्ट्रसंघले सन् २०३० भित्र विकासशील मुलुकहरुले दीगो विकास हासिल गर्ने उद्देश्य तय गरेको छ। तर, राष्ट्रपति सीले सनु विश्वको सबैभन्दा ठूलो विकासशील मुलुक चीनलाई सन् २०२० मा नै पूर्ण गरिबी उन्मूलनमा सफलता दिलाए, यो कार्यको नेतृत्व गरे।
राष्ट्रपति सीको भनाई थियो, ‘चीनले सक्छ भने अन्य विकासशील मुलुकहरुले पनि गरिवी निवारण र दीगो विकासका लक्ष्य हासिल गर्न सक्छन्।’
गरिबी निवारण सदैव राष्ट्रपति सीको ‘करियर’ को केन्द्रबिन्दुमा रह्यो। ४० वर्षभन्दा बढी समयदेखि उनले जिल्ला, नगरदेखि प्रान्तीय र राष्ट्रिय नेतृत्वमा रहेर काम गरे। आफूले अधिकांस समय र उर्जा गरिवी निवारणमा लगाएको कुरा एकपटक सीले उल्लेख गरेका थिए।
‘शक्तिशालीहले कमजोरलाई धम्की दिनु हुँदैन, निर्णय केवल बल देखाएर वा ठूलो मुठ्ठी हल्लाएर हुनु हुँदैन’ सीको भनाई थियो, ‘छनोट र बहुपक्षीयता हाम्रो विकल्प बन्नु हुँदैन।’
राष्ट्रपति सीको चीनले साँचो बहुपक्षीयता अपनाएर विश्व शान्तिको प्रयासलाई बढोत्तरी गरेको छ। संयुक्त राष्ट्र शान्ति मिशनहरूमा भाग लिएरको छ। शङ्घाई सहकार्य संगठन (एससीओ) को आतंकवाद विरोधी सम्मेलनमा प्रगति गर्दै, साउदी-इरानबीचको मध्यस्थता गरेको छ। युक्रेन संकट समाधानका लागि ‘शान्तिका मित्रहरू’ समूहको स्थापनामा समर्थन गरेको छ र ३२ राष्ट्रहरुसँग मिलेर हङकङमा अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापना गरेको छ।

सीले गरिबी उन्मूलनका लागि विभिन्न पहलहरू अघि बढाएका छन्। जनावरलाई खुवाउन र भूस्खलन रोक्न प्रयोग हुने घाँस उत्पादन सम्बन्धी ‘जुनचाओ प्रविधि’ लाई यसमा राख्न सकिन्छ। प्रान्तीय अधिकारी हुँदादेखि नै उनले यो प्रविधि दक्षिण प्रशान्त, अफ्रिका र दक्षिण अमेरिका देशहरूमा प्रवर्द्धन गर्न सुरु गरेका थिए।
यो अभूतपूर्व यात्राको केही हिस्सा ‘अप एण्ड आउट अफ पोभर्टी’ पुस्तकमा यो कुरा उल्लेख गरिएको छ। यो पुस्तक सन् १९८८–१९९० बीचका सीका भाषण, लेख र अन्तरवार्ताहरुको संग्रह हो।
२०२३ मा यो पुस्तक उज्बेक भाषामा प्रकाशित भयो, जसको प्रस्तावनामा उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियाएभले चीनले हासिल गरेको गरिवी निवारणको सफलतालाई ‘साँचो चिनियाँ चमत्कार’ भनेका छन्।
विश्वले बेहोर्नु परेका चुनौतीहरूबारे सीमा स्पष्ट बुझाइ छ। त्यसैले राष्ट्रपति सीले विश्वव्यवस्थामा असमान वृद्धिलाई मुख्य आर्थिक समस्या ठहर गरेका छन्। वर्तमान आजको विश्वका विरोधाभासहरू वर्णन गर्न उनले चार्ल्स डिकेन्सको यो भनाइ उद्धृत गरेका छन्, ‘यो समय उत्तम थियो, यो समय खराब पनि थियो।’
हालैका वर्षहरूमा आर्थिक वैश्वीकरणले सेटब्याक बेहोर्नु परेको छ। विश्वमा उत्तर र दक्षिणबीचको खाडल र प्रविधि विभाजन बढ्दै गएको छ। धनी र गरिबबीचको खाडल घट्नुको सट्टा बढिरहेको छ। बेलायतमा आधारित च्यारिटीको गत वर्षको अध्ययन अनुसार विश्वका ६० प्रतिशत मानिस (करिव ५ अर्ब) गरिबीमा बाँच्न विवस छन्।
सीले एकपटक भनेका छन्, ‘विकास केही मुलुकको मात्र विशेषाधिकार होइन बरु सबै मुलुकहरुको अपारिहार्य अधिकार हो।’ यही कारण हो कि राष्ट्रपति सीले समावेशी र सबैका लागि लाभदायक आर्थिक वैश्वीकरणको पक्ष लिदै आएका छन्।

२०१३ मा चीनको राष्ट्रपति पद सम्हालेको केही केही महिनापछि सीले कोस्टारिकाको भ्रमण गरेका थिए। भ्रमणको क्रममा उनले कफी फार्मलाई आफ्नो एक अवलोकनस्थलका रुपमा रोजे। त्यहाँ उत्पादित ताजा कफी पिउँदै उनले भनेका थिए, ‘मेरो विचारमा चीनमा बढी कफी निर्यात गर्ने अवसर तपाईंहरुलाई छ।’
यो पहलको उद्देश्यबारे व्याख्या गर्दै सीले भनेका छन्, ‘समान विचारधारा राख्ने सबै राष्ट्रहरूसँग मिलेर संयुक्त राष्ट्रसंघको घोषणापत्रको सिद्धान्त र उद्देश्यको दृढ संरक्षण गर्नु भनेको न्यायपूर्ण र समान विश्व शासन प्रणाली निर्माण गर्नु हो।’
सीले सुरु गरेको पहल विश्व परिदृश्यमा भइरहेको गहिरो रूपान्तरणको तीव्र बुझाइको प्रतिबिम्ब हो।
‘विश्वको दक्षिणी राष्ट्रहरूको सामूहिक उदय विश्वभरको महान परिवर्तनको एक विशेषता हो’ सीको भनाई छ। उनले प्रतिबद्धता जनाएका छन् कि चीनले सँधै विश्वको दक्षिणी गोलाद्र्धलाई आफ्नो मुटुको कुना र स्मरण्मा राख्नेछ।
एक समय ‘पेरिस अफ जाभा’ भनेर चिनिने इन्डोनेसियाको वांगडुंग शहर विगत र वर्तमानको संगमको क्षणको साक्षी भयो।
१९ औं शताब्दीमा निर्मित ‘साभोई होमान होटल’ बाट छ दशक पहिले औपनिवेशिक अधीनता तोडेका पुस्ताका पाइला पछ्याउँदै करिब १०० राष्ट्रका नेताहरू स्वतन्त्रता भवनतर्फ अघि बढे। नेताहरुको प्रवाहको अगाडि राष्ट्रपति सी र तत्कालिन इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो थिए।

खासमा यो दृष्य सन् १९५५ को वांगडुंग सम्मेलनको प्रत्यक्ष प्रतिध्वनि थियो, जसमा एशियाली र अफ्रिकी राष्ट्रहरू पहिलो पटक औपनिवेशिक शक्तिबिनाको बैठकमा सहभागी भएका थिए। त्यो घटनालाई अहिले विश्वमा दक्षिणी गोलाद्र्धको ऐतिहासिक घटना र प्रारम्भविन्दूका रुपमा लिने गरिन्छ।
इण्डोनेशियाको वांगडुंगमा उत्पत्ति भएको यो सम्पदा राष्ट्रपति सीको वैश्विक दृष्टिबाट प्रेरित भएर छिट्टै वास्तविकतामा परिणत हुँदैछ, जहाँ विकासशील राष्ट्रहरू अलग आवाज र शक्तिका रुपमा जुट भएर बोल्छन्।
ब्रिक्सको ऐतिहासिक विस्तार र चीनसँग अफ्रिका, ल्याटिन अमेरिका, अरब संसार र आसियान राष्ट्रहरुलाई जोड्ने मन्चहरुको सिर्जना सबैमा सीको छाप रहेको छ, जसले विश्वको दक्षिणी गोलाद्र्धर्ला वैश्विक मामिलामा आफ्नो आवाज समन्वय गर्न र प्रवर्धन गर्ने मार्ग उपलब्ध गराउँछ।
‘ब्रिक्स न्यू डेललपमेन्ट बैंक’ विकासशील राष्ट्रहरूले शुरू र नेतृत्व गरेको पहिलो बहुपक्षीय बैंक हो। २०२५ अप्रिलमा चीनको वित्तीय केन्द्र शाङ्घाईमा रहेको यो बैंकको भ्रमणको क्रममा राष्ट्रपति सीले यसलाई विश्वको दक्षिणका लागि वैश्विक शासन सुधारमा साझा प्रयासको पहल भएको बताएका थिए। त्यसक्रममा उनले प्रतिवद्धता व्यक्त गरे कि, चीनले आफ्नो ढोका सबै मुलुकका लागि खोल्नेछ र विकासको लाभ सबैसँग साझेदारी गर्नेछ।
विभिन्न अवसरमा उनको भनाई हुने गरेको छ, ‘चीनको विकासको द्रुत रेलमा स्वागत छ।’
२०१३ मा सीले आफ्नो प्रमुख पहल (इनिसिएटिभ) का रुपमा बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) सार्वजनिक गरे। एक दशकपछि त्यसले दिएका परिणामहरू विश्व समुदायमाझ स्पष्ट छन्। मालवाहक रेलहरूले अब चिनियाँ शहर र यूरोपेली राजधानीहरूलाई जोड्न थालेका छन्। केन्याका आधुनिक रेलवे र पुनर्जीवित बन्दरगाहहरूले पूर्वी अफ्रिकी भू–दृश्य परिवर्तन गर्दैछन्। यी सबै राष्ट्रपति सीे अघि सारेको ‘बीआरआई’ कै परिणाम हुन्।
‘गहिरोसँग आर्थिक सम्बन्ध बृद्धि गर्नेबाहेक सीले शासन मोडललाई प्रवर्धन गर्ने गरेका छनु, जसलाई उनले उपनिवेशवादको पुरानो अवशेष ठानेका छन्’ वाल स्ट्रीट जर्नलले टिप्पणी गरेको थियो।
सीले निरन्तर भन्दै आएका छन् कि विकास नै यो लक्ष्य प्राप्त गर्ने मुख्य कुञ्जी हो, यो विश्वासले उनको व्यक्तिगत जीवनको अनुभवबाट आकार प्राप्त गरेको हो।
१९६० दशकको अन्त्यतिर चीनका ‘शिक्षित युवाहरू’ मध्ये एक सीलाई ग्रामीण क्षेत्रमा पठाइयो। त्यसक्रममा उनले उत्तर पश्चिमी चीनको शान्सी प्रान्तका संघर्षशी गाउँलेहरू माझ केही वर्ष बिताए।
उनले दशकौंपछि अमेरिकी शहर सियाटलको आफ्नो भाषणका क्रममा स्मरण गरे, ‘सबैभन्दा ठूलो इच्छा सदैव गाउँलेहरूलाई मनपरी मासु खान सक्ने बनाउने थियो।’
राष्ट्रपति सीे अहिले चीनलाई आधुनिकीकरणको मार्गमा नेतृत्व गर्दैछन्। वैश्विक दृष्टिकोण भएका नेता रूपमा, उनी चाहन्छनु कि, चीन सबै देशसँग मिलेर आधुनिकीकरणको मार्गमा अघि बढोस्।
‘मानव जातिको कल्याणको मार्गमा, कुनै देश वा राष्ट्र पछाडि नरहोस्’ सीले भने।
न्यायपूर्ण व्यवस्थाका पक्षपाति
‘हालैमात्र तियान्जिनमा सम्पन्न ‘एससीओ’ शिखर सम्मेलनमा राष्ट्रपति सीले ‘ग्लोबल गभर्नेन्स इनिशिएटिभ (जीजीआई) प्रस्ताव गरे।

राष्ट्रपति सीको किशोरावस्थालाई हेर्यौँ भने यो दृष्टिकोणको प्रारम्भ देख्न सकिन्छ। सीले माक्र्सका कृतिहरु कम्युनिष्ट घोषणापत्र, दास क्यापिटल र अन्य मार्क्सवादी कृतिहरू अध्ययन गरेका थिए, यी कृतिहरुको अध्ययनले उनको दीर्घकालीन विश्वासको बौद्धिक आधारस्तम्भ तयार गर्यो।
दशकौंपछि मानवताले शताब्दीसम्म दुर्लभ परिवर्तनको सामना गरिरहँदा सीले विश्वमा के भयो र हामीले कसरी प्रतिक्रिया दिनुपर्छ भन्ने सोचिरहेका छन्।
राष्ट्रपति निर्वाचित भएपछि पहिलो विदेश भ्रमण मस्कोबाट सुरु गर्दा सीले मानवताको साझा भविष्यको समुदाय निर्माण गर्ने विचार प्रस्ताव गरेका थिए। त्यसको दुई वर्षपछि, न्यूयोर्कको संयुक्त राष्ट्र मुख्यालयमा सीले यस्तो समुदाय निर्माणमा साझेदारी, सुरक्षा, विकास, सभ्यता र पारिस्थितिक सहयोग समावेश हुने उल्लेख गरे।
राष्ट्रपति सीको मानवताको साझा भविष्यको समुदाय निर्माणको दृष्टिकोणले मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमलाई चिनियाँ प्राचीन दार्शनिक कन्फुसियसको प्रसिद्ध भनाइ स्मरण गरायो।

‘सी हाइ झी नेई जे सिओङ दी’ अर्थात् ‘चार समुद्रभित्र, सबै मानिस भाईभाइ हुन्’ अनवरले गत इण्डोनेशियाको पुत्राजयमा आयोजित राष्ट्रपति सीको स्वागत समारोहमा चिनियाँमा उक्त भनाई राखे।
‘राष्ट्रपति सी सक्षम राजनीतिक नेता, अर्थशास्त्री मात्र होइनन्भ, एक महान मानव नै हुन्’ उनी भन्छन्, ‘जसको दृढ, स्पष्ट दृष्टि र सभ्यतालाई मूल्यवान ठान्ने बुझाई छ।’
सन् २०२१ देखि २०२३ को अवधिमा राष्ट्रपति सीले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको सुरूवात गरे। ग्लोबल गभर्नेन्स इनिशिएटिभसँगै यी पहल (इनिसिएटिभ) हरू, वर्तमान अन्तर्राष्ट्रिय प्रणालीमा सुधार र सुदृढ गर्न डिजाइन गरिएका हुन्।
ताजिक राष्ट्रपति इमोमाली रहमोनका भनाइमा, सी एक महान नेता हुन्, जसको ऐतिहासिक दृष्टिकोण गहिरो र विश्वव्यापी दृष्टि फराकिलो छ। राष्ट्रपति सीले प्रस्ताव गरेका धेरै वैश्विक इनिसिएटिभ (पहल) हरूले मानवताको शान्ति र प्रगतिका लागि सहायक छन्।