चीनको कुन्मिङमा ८७ राष्ट्रका २ सय पत्रकारहरुको जमघट

२०२५ बेल्ट एण्ड रोड मिडिया फोरम चीनको दक्षिण–पश्चिमी प्रान्त युन्नानको कुनमिङ सहरमा मंगलबार (१६ सेप्टेम्बर) देखि सुरु भएको छ।

कार्यक्रममा ८७ वटा देश, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरू र १६५ सञ्चारमाध्यम तथा संस्थाबाट आएका २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।

चिनियाँ राष्ट्रपति सी चिनपिङले सन् २०१३ मा मा प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) प्रस्ताव गरेदेखि यसले उल्लेखनीय उपलब्धि हासिल गरेको अहिले यो एक लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु तथा विश्व सहकार्यको महत्त्वपूर्ण प्लेटफर्म बनेको कुरा कार्यक्रमका सहभागीहरुले बताएका छन्।

हालै सम्पन्न ‘शाङ्हाई सहयोग संगठन प्लस’ शिखर सम्मेलनमा राष्ट्रपति सीले ग्लोबल गभर्नेन्स इनिसियटिभ (जीजीआई) को प्रस्ताव गरेका थिए। फोरममा सहभागी पत्रकारहरुका भनाईमा, ‘जीसीआई’ ले जसले न्यायपूर्ण र अधिक समान विश्व शासन प्रणाली निर्माण गर्न चिनियाँ बुद्धिमत्ता र समाधान प्रस्तुत गरेको छ। यसले उच्च–गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन नयाँ र व्यापक अवसरहरू पनि सिर्जना गरेको छ।

विश्वभरका सञ्चारमाध्यमहरूले सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्ने, रेशम मार्ग (सिल्क रोड) को मर्मलाइ व्यवहारमा उतार्दै प्रवर्द्धन गर्नुपर्ने रसभ्यताहरूको आपसी अध्ययन, संवाद र समावेशीताका सिद्धान्तलाई कायम राख्दै बीच समानता खोज्नुपर्नेमा पनि सहभागीहरुले जोड दिएका छन्।

सञ्चारमाध्यमहरूले विकासमा हासिल उपलब्धिहरू अभिलेख राख्नुपर्ने र तिनको कथा जनतालाई भन्ने भूमिका निर्वाह गर्नुपर्ने जोड दिएका उनीहरुले बेल्ट एण्ड रोड सहकार्यका अभ्यासहरू निरन्तर उजागर र दुबै पक्षलाई फाइदा हुने सहकार्यको लागि व्यापक वातावरण निर्माण गर्न मद्दत गर्नुपर्ने पनि बताएका छन्।

सञ्चारमाध्यमहरूले सभ्यताबीच आपसी अध्ययनलाई प्रवर्द्धन गर्ने, गुणस्तरीय काममार्फत् आपसी बुझाइ निर्माण गर्ने, आपसी दूरी कम गर्ने र मानवलाई अझ नजिक ल्याउन योगदान गर्नुपर्नेमा पनि कार्यक्रममा सहभागीहरुको जोड रहेको छ। यसले मानव जातिको साझा भविष्ययुक्त समुदाय निर्माणको आधारलाई सुदृढ बनाउने उनीहरुको विश्लेषण छ।

कुन्मिङमा सुरु भएको बेल्ट एण्ड रोड मिडिया कोअपरेशन फोरम– २०२५
सौजन्य : पिपुल्स डेली

फोरमको आयोजना पीपुल्स डेली, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) युन्नान प्रान्तीय समिति र युन्नान प्रान्तीय सरकारले संयुक्त रूपमा आयोजना गरेका हुन्।

यसपटक फोरमको मुख्य विषयवस्तु ‘सभ्यताबीच आदानप्रदान र आपसी अध्ययनका लागि साझा सञ्चार जिम्मेवारी’ तय गरिएको छ।

फोरममा उद्घाटन समारोह, मुख्य फोरम, विभिन्न उप(फोरम, दोस्रो सिल्क रोड ग्लोबल न्युज अवार्ड्स को पुरस्कार वितरण समारोह, र १०ं३ सञ्चार सहकार्य फोरम समावेश थिए।

फोरमपछि चिनियाँ र अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूले युन्नान र चीनका अन्य प्रान्त, स्वायत्त क्षेत्र र सहरहरूमा संयुक्त रिपोर्टिङ गतिविधि सञ्चालन गर्नेछन्।

सन् २०१४ देखि सुरु भएको बेल्ट एण्ड रोड मिडिया कोअपरेशन फोरम हालसम्म नौ पटक सम्पन्न भइसकेको छ। यसले विश्वका १ सय भन्दा बढी मुलुक र क्षेत्रका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठन र सञ्चारमाध्यमका १ हजार भन्दा बढी प्रतिनिधिहरूलाई आकर्षित गरेको छ।

साथै यसले उच्च–गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन व्यापक सहमति र गति प्रदान समेत गरेको छ।